• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
शनिबार, जेठ २३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

असार नजिकिएसँगै किसानलाई रोपाइँको चटारो, धान रोप्न खेत तयार पार्दै

राप्रपा छोडेकै भोलिपल्ट धवलशम्शेर र दुर्गा प्रसाईंबीच सहकार्य घाेषणा हुँदै

सुधन गुरूङमाथि उठेका प्रश्नका विषयमा समितिले बुझायो निष्कर्ष र सुझाव सहितको प्रतिवेदन

रास्वपा सरकार बनेपछि पहिलो पटक दिल्ली लागे परराष्ट्रमन्त्री खनाल

घट्यो सुन-चाँदीको भाउ, आज कतिमा हुँदैछ किनबेच?

प्रधानमन्त्रिले बोलेको कुरामा महानायक राजेश हमाल– ‘नागरिकले गर्ने अतिक्रमण र राज्यले गर्ने अतिक्रमण फरक हुन्’

भिडिओ खिच्दै एक हातले मोटरसाइकल चलाइरहेका हर्क साम्पाङ बाटोमा लडे

‘झुट बोल्ने प्रधानमन्त्री चाहिँदैन’ भन्दै माइतीघरमा विरोध प्रदर्शन

टिकटकर तुल्सा अधिकारी पुर्पक्षका लागि थुनामा

लोकप्रिय समाचार

  • १. मदिरा–सुर्ती बिक्रीमा राजस्व छल्दै रारा क्षेत्रका व्यापारी, अनुगमनपछि दर्ता गर्न निर्देशन

  • २. राजदरबार हत्याकाण्डको २५ वर्ष : इतिहासकै ‘कालो दिन’ को स्मरण तर जीवित छन् प्रश्नहरु

  • ३. कुशल भुर्तेल द्वारा टि–२० आईमा लागातार दोस्रो शतक

  • ४. आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ५. प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

  • ६. दिल्लीमा रवि लामिछानेको दौडधुप

  • ७. प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो

  • ८. आँगनकै सीमास्तम्भको फोटो शेयर गर्दै प्रधानमन्त्रीको बचाउमा उत्रिए रास्वपा सांसद

  • ९. दिल्लीको रेस्टुरेन्टमा भीषण आगलागी, कम्तीमा २१ जनाको मृत्यु

  • १०. सगरमाथा आरोही सांसद मिङमा ग्याबु शेर्पालाई सम्मान

५७२ बिघा अवैध रूपमा बिक्री गरी भ्रष्टाचारको आरोपमा १११ जनाविरुद्ध अदालतमा मुद्दा दर्ता


  •   सोमबार, बैशाख १२, २०७९ मा प्रकाशित
  • काठमाडौँ: कञ्चनपुरस्थित तत्कालीन महेन्द्रनगर नगरविकास समितिको ५ सय ७२ बिघा अवैध रूपमा बिक्री गरी भ्रष्टाचार गरेको आरोपमा १ सय ११ जनाविरुद्ध आइतबार विशेष अदालतमा मुद्दा परेको छ। जसमा समितिका तीन कार्यसमितिका पदाधिकारी, समितिका कर्मचारी, मालपोतका कर्मचारी र जग्गा किन्नेहरू छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरूबाट ३२ करोड बिगो मागदाबी गरेको छ। समितिका तत्कालीन अध्यक्ष पल्टु रानासहित २५, अर्का तत्कालीन अध्यक्ष गोपाल रसाइलीसहित ६४ र अर्का अध्यक्ष कान्तुराम पनेरूसहित २२ जना छन्। रानाको पालामा १० करोड, रसाइलीको पालामा २१ करोड र पनेरूको पालामा ८० लाख भ्रष्टाचार भएको ठहर अख्तियारले गरेको छ।

    Advertisement

    माओवादी केन्द्र सरकारमा भएका बेला रसाइली समिति अध्यक्ष भएका थिए। त्यस बेला सबैभन्दा बढी जग्गा अवैध रूपमा बिक्री भई २१ करोड भ्रष्टाचार भएको जनाइएको छ। रसाइलीबाट २ करोड ९४ लाख रकमबराबरको बिगो माग दाबी गरिएको छ। उनलाई समितिको स्वामित्वमा रहेको जग्गा गैरकानुनी तवरले लिज तथा बिक्री गरी सरकारी सार्वजनिक सम्पत्तिको हिनामिना गरेको आरोप अख्तियारले लगाएको छ। समितिको स्वामित्वमा रहेको जग्गा व्यक्तिको नाममा हक हस्तान्तरण गर्दा अपनाउनुपर्ने प्रक्रियाविपरीत अध्यक्षहरूको एकल तोक आदेशको आधारमा व्यक्ति विशेषको नाममा दर्ता स्रेस्ता कायम गरी गराई हक हस्तान्तरण गरेको देखिएकाले आरोपपत्र दायर गरिएको जनाइएको छ।

    अर्का अध्यक्ष रानाबाट ७३ लाख १० हजार असुलउपर गर्न माग दाबी गरिएको छ। तत्कालीन नासु पुष्पराज भट्टबाट ३ करोड, इन्जिनियर मोहनदेव भट्टबाट ३ लाख ३७ हजार, मालपोत कार्यालयका तत्कालीन प्रमुख कृष्णकुमार निरौलाबाट २ लाख, मालपोत अधिकृत विसन सिंह थापाबाट १ करोड ४९ लाख ८१ हजार असुलउपर गर्न माग दाबी गरिएको छ।

    मालपोतकै तत्कालीन शाखा अधिकृत दलजित भट्टबाट ८८ लाख ७५ हजार, अर्का अधिकृत जयबहादुर विष्टबाट १ करोड ३२ लाख, मालपोत अधिकृत दिलाराज पन्तबाट २३ लाख ३३ हजार रकम असुलपउर गर्न माग दाबी गरिएको छ। मालपोतकै तत्कालीन नासु गणेशबहादुर ऐरबाट ७१ लाख, नयनसिंह कुँवरबाट ६९ लाख, खरिदार नरेन्द्रबहादुर ऐरबाट ६ लाख, नमराज भट्टबाट ७ लाख ७५ हजार, तत्कालीन प्रमुख नापी अधिकृत मोहन चन्द ठकुरीबाट ४२ लाख ४५ हजार, नापी अधिकृत, नापी प्रमुख अधिकृत पुष्पराज जोशीबाट ९२ लाख ७९ हजार, नापी अधिकृत चेतनाथ दाहालबाट ७५ लाख ३७ हजार रकम असुलउपरका लागि माग दाबी गरिएको छ।

    समितिका प्रथम तहमा जग्गा खरिद गर्ने मानबहादुर चन्दबाट ८ लाख, इन्द्रा बडायकबाट १४ लाख ६२ हजार, बसन्ती दियालबाट १३ लाख ६० हजारसहित ४३ जनाबाट ५ लाखदेखि ४२ हजारसम्म रकम माग दाबी गर्दै नगरविकास समितिको जग्गा नगरविकासकै नाममा स्रेस्ता कायम गर्न दाबी गरिएको छ। पनेरूका पालामा पनि एकल निर्णय गरी जग्गा बिक्री गरिएको भन्दै २२ जनाविरुद्ध विशेषमा मुद्दा दर्ता गरिएको छ। त्यस बेला समितिका पदाधिकारी र कर्मचारीले समितिको स्वामित्वमा रहेको जग्गा समितिमा कार्यरत कर्मचारीलाई समितिले जग्गा वितरण गरेका अवस्थामा सहानुभूतिपूर्वक प्राथमिकता दिने भन्ने समितिको मिति २०६४/०७/३० को निर्णयलाई तोडमरोड/अपव्याख्या गरी मिति २०६४/०९/०६ को तत्कालीन नगरविकास समितिका अध्यक्ष कान्तुराम पनेरूको एकल तोक आदेशबाट समितिमा कार्यरत कर्मचारीलाई गैरकानुनी रूपमा जग्गाको हक हस्तान्तरण गरेको आरोपपत्रमा उल्लेख छ।

    सो मुद्दामा पनेरूबाट झन्डै ३० लाख, तत्कालीन नासु पुष्पराज भट्टबाट झन्डै ३० लाख, तत्कालीन सदस्यसचिव चन्द्रप्रसाद चौधरीबाट पनि झन्डै ३० लाख, इन्जिनियर मोहनदेव भट्टबाट ३ लाख, खरिदार दानसिंह कार्कीबाट २ लाख ५१ हजार गरी समितिका तत्कालीन कर्मचारी, मालपोतका कर्मचारी, नापीका कर्मचारीबाट ८० लाख रकम असुलउपर गर्न माग दाबी गरिएको छ। त्यतिबेला जग्गा किन्ने ९ जनाको जग्गा नगरविकास समितिका नाममा स्रेस्ता कायम गर्न पनि माग दाबी गरिएको छ।

    बाँडेरै सिद्धियो नगरको ५७२ बिघा
    समितिका तत्कालीन अध्यक्ष रानासहित २५ जनाविरुद्ध पनि अख्तियारले मुद्दा दर्ता गरेको छ। रानासहितका पदाधिकारी र कर्मचारीलाई समितिको स्वामित्वमा रहेको जग्गा गैरकानुनी तवरले लिज तथा बिक्री गरी सरकारी सार्वजनिक सम्पत्तिको हिनामिना गरी भ्रष्टाचार गरेको आरोप लगाइएको छ। यस मुद्दामा रानाबाट १ करोड ९३ लाख, समितिका तत्कालीन नासु पुष्पराज भट्ट, इन्जिनियर मोहनदेव भट्ट, र अमिन तुलादत्त जोशीबाट जनही १ करोड ९३ लाख रकम असुलउपर गर्न माग दाबी गरिएको छ। तत्कालीन लेखापाल हिरासिंह विष्टबाट २० लाख ३२ हजार, मृत्यु भइसकेका खरिदार दानसिंह कार्कीबाट २२ लाख ४४ हजार, तत्कालीन मालपोत प्रमुख विसनसिंह थापाबाट १ करोड ५३ लाख, मालपोतकै शाखा अधिकृत जयबहादुर विष्टबाट ५४ लाख, मालपोतकै नासु नयनसिंह कुवरबाट ८५ लाख शाखा अधिकृत दिलाराज पन्तबाट ४२ लाख, तत्कालीन नापी अधिकृत पुष्पराज जोशीबाट ८३ लाख रकम असुलउपरका लागि माग दाबी गरिएको छ। ९ जना जग्गाधनीको जग्गा नगरविकासको नाममा स्रेस्ता कायम गर्न पनि माग दाबी गरिएको छ।

    समितिको ५ सय ७२ बिघा जग्गाको अत्तोपत्तो नभएको समाचार अन्नपूर्ण पोस्ट्ले प्रकाशन गरेको थियो। बढ्दो जनसंख्या तथा सहरीकरण भइरहेका नगरहरूको पुनः निर्माण, विस्तार र विकासको साथै नयाँ नगरहरूको निर्माण गरी नगरवासीलाई आवश्यक सेवा र सुविधाहरू पुर्‍याउने भन्दै तत्कालीन राजा वीरेन्द्रले २०२९ नगरविकास समितिहरूको गठन गरेका हुन्। तर, त्यही नगरविकास समितिहरू, पछिल्लो समय राजनीतिक दलका कार्यकर्ताहरूका लागि कमाई खाने भाँडो भए। महेन्द्रनगर तत्कालीन राजा महेन्द्र शाहले गुरुयोजना बनाएर बसाएको सहर हो। त्यसैले पनि त्यसको नाम महेन्द्रनगर राखिएको हो। त्यहाँ पाँचवटा ढल निकाससहितका गल्लीहरू छन्। राजा महेन्द्रले बसाएको सहरहरूलाई अझ सुन्दर र व्यवस्थित बनाउन उनले, नगरविकास समिति ऐन २०१९ समेत ल्याएका थिए। त्यो अहिलेसम्म ८ पटक संशोधन भएको छ। राजा महेन्द्रले २०१९ सालमा ल्याएको नगरविकास समिति ऐनमा तत्कालीन अञ्चलाधीशहरू त्यसको अध्यक्ष हुने गर्थे।

    अञ्चलाधीशको अध्यक्षतामा रहेको नगरविकास समितिहरू २०४६ सालमा प्रजातन्त्रको पुनर्बहालीपछि तीन वर्ष प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा गठन भयो। प्रजातन्त्रको पुनर्बहालीपछि भएको निर्वाचित संसद्ले नगरविकास समितिहरूमा नगरप्रमुख (मेयर) अध्यक्ष हुने व्यवस्था गर्‍यो। २०५४ सालमा ऐन संशोधन भयो र नगरविकास समितिमा सत्तामा रहेका दलका नेताहरूलाई नगरविकास समितिको अध्यक्षमा नियुक्त गरिन थालिको हो। नगरविकास गठन हुँदा पूर्वमा कारागार रहेको गडबडे नाला, पश्चिममा गोबरैया खोला, उत्तरमा महेन्द्र राजमार्ग र दक्षिणमा १८ जना व्यक्तिको घर तोकेर ६३८ बिघा ६ कट्ठा ८ धुर जग्गा नगरविकास समितिको नाममा गरिएको थियो। तर, त्यो जग्गा अहिले ६६ बिघा मात्रै बाँकी छ।

    • अदालतमा मुद्दा
    सोमबार, बैशाख १२, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    असार नजिकिएसँगै किसानलाई रोपाइँको चटारो, धान रोप्न खेत तयार पार्दै
    राप्रपा छोडेकै भोलिपल्ट धवलशम्शेर र दुर्गा प्रसाईंबीच सहकार्य घाेषणा हुँदै
    सुधन गुरूङमाथि उठेका प्रश्नका विषयमा समितिले बुझायो निष्कर्ष र सुझाव सहितको प्रतिवेदन
    रास्वपा सरकार बनेपछि पहिलो पटक दिल्ली लागे परराष्ट्रमन्त्री खनाल
    प्रधानमन्त्रिले बोलेको कुरामा महानायक राजेश हमाल– ‘नागरिकले गर्ने अतिक्रमण र राज्यले गर्ने अतिक्रमण फरक हुन्’
    भिडिओ खिच्दै एक हातले मोटरसाइकल चलाइरहेका हर्क साम्पाङ बाटोमा लडे

    Facebook Page

    लोकप्रिय

    • १.
      मदिरा–सुर्ती बिक्रीमा राजस्व छल्दै रारा क्षेत्रका व्यापारी, अनुगमनपछि दर्ता गर्न निर्देशन

    • २.
      राजदरबार हत्याकाण्डको २५ वर्ष : इतिहासकै ‘कालो दिन’ को स्मरण तर जीवित छन् प्रश्नहरु

    • ३.
      कुशल भुर्तेल द्वारा टि–२० आईमा लागातार दोस्रो शतक

    • ४.
      आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

    • ५.
      प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

    • ६.
      दिल्लीमा रवि लामिछानेको दौडधुप

    भर्खरै

    • १.
      असार नजिकिएसँगै किसानलाई रोपाइँको चटारो, धान रोप्न खेत तयार पार्दै

    • २.
      राप्रपा छोडेकै भोलिपल्ट धवलशम्शेर र दुर्गा प्रसाईंबीच सहकार्य घाेषणा हुँदै

    • ३.
      सुधन गुरूङमाथि उठेका प्रश्नका विषयमा समितिले बुझायो निष्कर्ष र सुझाव सहितको प्रतिवेदन

    • ४.
      रास्वपा सरकार बनेपछि पहिलो पटक दिल्ली लागे परराष्ट्रमन्त्री खनाल

    • ५.
      घट्यो सुन-चाँदीको भाउ, आज कतिमा हुँदैछ किनबेच?

    • ६.
      प्रधानमन्त्रिले बोलेको कुरामा महानायक राजेश हमाल– ‘नागरिकले गर्ने अतिक्रमण र राज्यले गर्ने अतिक्रमण फरक हुन्’

    • ७.
      भिडिओ खिच्दै एक हातले मोटरसाइकल चलाइरहेका हर्क साम्पाङ बाटोमा लडे

    • ८.
      ‘झुट बोल्ने प्रधानमन्त्री चाहिँदैन’ भन्दै माइतीघरमा विरोध प्रदर्शन

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक
    जिवन कुमार अधिकारी

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.