• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
शनिबार, जेठ २३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

असार नजिकिएसँगै किसानलाई रोपाइँको चटारो, धान रोप्न खेत तयार पार्दै

राप्रपा छोडेकै भोलिपल्ट धवलशम्शेर र दुर्गा प्रसाईंबीच सहकार्य घाेषणा हुँदै

सुधन गुरूङमाथि उठेका प्रश्नका विषयमा समितिले बुझायो निष्कर्ष र सुझाव सहितको प्रतिवेदन

रास्वपा सरकार बनेपछि पहिलो पटक दिल्ली लागे परराष्ट्रमन्त्री खनाल

घट्यो सुन-चाँदीको भाउ, आज कतिमा हुँदैछ किनबेच?

प्रधानमन्त्रिले बोलेको कुरामा महानायक राजेश हमाल– ‘नागरिकले गर्ने अतिक्रमण र राज्यले गर्ने अतिक्रमण फरक हुन्’

भिडिओ खिच्दै एक हातले मोटरसाइकल चलाइरहेका हर्क साम्पाङ बाटोमा लडे

‘झुट बोल्ने प्रधानमन्त्री चाहिँदैन’ भन्दै माइतीघरमा विरोध प्रदर्शन

टिकटकर तुल्सा अधिकारी पुर्पक्षका लागि थुनामा

लोकप्रिय समाचार

  • १. मदिरा–सुर्ती बिक्रीमा राजस्व छल्दै रारा क्षेत्रका व्यापारी, अनुगमनपछि दर्ता गर्न निर्देशन

  • २. राजदरबार हत्याकाण्डको २५ वर्ष : इतिहासकै ‘कालो दिन’ को स्मरण तर जीवित छन् प्रश्नहरु

  • ३. कुशल भुर्तेल द्वारा टि–२० आईमा लागातार दोस्रो शतक

  • ४. आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ५. प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

  • ६. दिल्लीमा रवि लामिछानेको दौडधुप

  • ७. प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो

  • ८. आँगनकै सीमास्तम्भको फोटो शेयर गर्दै प्रधानमन्त्रीको बचाउमा उत्रिए रास्वपा सांसद

  • ९. दिल्लीको रेस्टुरेन्टमा भीषण आगलागी, कम्तीमा २१ जनाको मृत्यु

  • १०. सगरमाथा आरोही सांसद मिङमा ग्याबु शेर्पालाई सम्मान

उपत्यकावासीलाई यसरी वितरण गरिँदैछ मेलम्चीको पानी


  •   सोमबार, बैशाख १२, २०७९ मा प्रकाशित
  • काठमाडौँ: उपत्यकामा आइतबारदेखि दोस्रोपटक मेलम्चीको पानी आइपुगेको छ । यसअघि, २०७७ साल चैत १५ गतेदेखि मेलम्चीको पानी उपत्यकाको धारामा आइपुगेको थियो । तर, असार १ गते मेलम्चीमा आएको बाढीसँगै पानी वितरण रोकिएको थियो । त्यसको ठिक डेढ वर्षपछि खानेपानी मन्त्री उमाकान्त चौधरीले उद्घाटन गरेसँगै फेरि उपत्यकामा मेलम्चीको पानी आइपुगेको हो ।

    Advertisement

    उद्घाटन भएसँगै आइतबारदेखि उपत्यकामा मेलम्चीको पानी वितरण सुरु भएको काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले जनाएको छ । मेलम्चीबाट आइतबार पहिलो दिन ५ करोड लिटर मात्रै पानी उपत्यका आइपुगेको छ । यो पानीलाई अनामनगर, बानेश्वर र खुमलटारबाट समान १÷१ करोड लिटरका दरले वितरण गरियो ।

    यस्तै महाङ्काल चौर (चावहिल)बाट २ करोड लिटर पानी वितरण गरिएको प्राधिकरणका प्रवक्ता प्रकाशकुमार राईले बताए । मेलम्चीबाट आइतबार ५ करोड लिटरमात्रै पानी आयो । सोमबारदेखि साढे ८ करोड लिटर पानी आउँछ| प्रवक्ता राईले भने, वैशाख १५ गतेदेखि १२ करोड लिटर र १७ गतेदेखि १७ करोड लिटर पानी आउँछ ।

    मेलम्ची आयोजनाबाट पूर्णक्षमतामा (१७ करोड लिटर) पानी आउन थालेपछि काठमाडौँ उपत्यकामा सहजरूपमा पानी वितरण प्रक्रिया सुरु गर्ने प्राधिकरणको भनाइ छ । यसअघि, गत वर्ष उपत्यकाका ९ स्थानबाट पानी वितरण भएको थियो । गत वर्ष महाङ्काल चौरका दुई स्थान (नयाँ र पुरानो ट्यांकी), खुमलटार, अनामनगर, मिनभवन, कीर्तिपुर, बाँसबारी, बालाजु र बोडेबाट पानी वितरण गरिएको थियो । यसपटक मेलम्चीको पानी कटुञ्जेबाट समेत उपत्यकावासीलाई वितरण गरिँदै छ । कटुञ्जे थपिएपछि उपत्यकाका १० स्थानबाट पानी वितरण गर्ने तयारीमा प्राधिकरण छ ।

    ‘मेलम्चीको पानी परीक्षणकै क्रममा हामीलाई प्राप्त भएको हो, प्रवक्ता राईले भने,अब १७ गतेसम्ममा दैनिक १७ करोड लिटर नै पानी आउँछ । त्यसपछि उपत्यकाको खानेपानी वितरण सहज हुने अपेक्षा प्राधिकरणले गरेको उनले जनाए । हाल उपत्यकामा १ लाख ७५ हजार घरधुरीलाई खानेपानी पु¥याउनुपर्ने आकलन प्राधिकरणले गरेको छ । ती घरमा बहालमा बसेका लाखौं नागरिकलाई समेत समेट्नुपर्ने हुन्छ ।

    मेलम्चीको पानी उपत्यका नआइपुग्दा प्राधिकरणले विभिन्न स्रोतबाट दैनिक १० करोड लिटर पानी संकलन तथा वितरण गर्दै आइरहेको थियो । दैनिक ४३ करोड लिटरभन्दा धेरै पानीको माग रहेको उपत्यकामा जम्मा १० करोड लिटर पानी वितरण गर्नु भनेको मागको तुलनामा निकै कम हो । सोही कारण, प्राधिकरणले उपत्यकाका हरेक क्षेत्रमा कम्तीमा ८ दिन बिराउँदै पानी वितरण गरिरहेको थियो ।

    मागभन्दा धेरै न्यून पानी संकलन तथा वितरण गर्दा प्रत्येक क्षेत्रमा कम्तीमा ८ दिनको ग्याप हुन्थ्यो प्रवक्ता राई भन्छन् कुनै क्षेत्रमा पानी वितरण गर्ने समयमा पानीको लाइन बिग्रेमा १६ देखि २२ दिनसम्म पानी वितरण हुँदैनथ्यो ।

    प्राधिकरणले सुन्दरीजल, दक्षिणकाली, विष्णुमति, बोडे, भण्डारे, शेषनारायण लगायतका मुहानबाट उक्त पानी संकलत तथा वितरण गर्दै आइरहेको थियो । यसबाहेक, जमिनमुनिको पानीसमेत संकलन गरेर वितरण हुँदै आएको थियो । बर्खायाममा उपत्यका आसपासकै स्रोतबाट १७ करोड लिटरसम्म पानी संकलन हुनेमा सुक्खायाममा घटेर १० करोड लिटर हाराहारी पानी संकलन हुने गरेको छ ।

    मेलम्चीको १७ करोड लिटर पानी वितरण प्रणालीमा जोडिएपछि प्राधिकरणसँग दैनिक २७ करोड लिटर वितरणयोग्य पानी हुनेछ । यसबाट, उपत्यकावासीमा खानेपानी वितरण गर्न सहज हुने प्राधिकरणले जनाएको छ । यद्यपि, बर्खायाममा मेलम्चीबाट पानी आउन रोकिएसँगै वितरणमा फेरि उस्तै समस्या हुनेमा प्राधिकरण चिन्तित छ । मेलम्ची आयोजनाका प्रवक्ता राजेन्द्र पन्तीले परीक्षणका क्रममा रहेकाले आइतबार ५ करोड लिटरमात्रै पानी उपत्यका आइपुगेको बताए । उनले सुरूमा पानी ल्याउँदा चनाखो रहनुपर्ने भएकाले थोरै पानी आएको रातोपाटीलाई जानकारी दिए ।

    सुक्खायाममा पानी आए पनि बर्खायाममा पानी ल्याउन सकिँदैन,उनले भने,सुरूमा थोरै धमिलो पानी पस्यो भने पनि पुरै सुरूङ सफा गर्नुपर्छ । ​सुरूमा धमिलो पानी नपसोस् भनेर बर्खायाममा पुरै सुरूङ बन्द गरेर पानी ल्याउनै बन्द गरिने आयोजनाको भनाइ छ । मेलम्चीको सुरूमा धमिलो पानी पसेमा सुरूङमा बालुवा र गेगरान आउने भएकाले त्यसबाट जोगाउने बन्द गरिने बताइएको छ । यस्तै, अहिलेको स्थायी संरचना नभएकाले पनि सुरूङ बन्द गरेर पानी ल्याउन रोक्नुपर्ने बाध्यता रहेको जनाइएको छ ।

    यद्यपि, एसियाली विकास बैंकले बनाएको अध्ययन प्रतिवेदन हाल खानेपानी मन्त्रालयमा रहेको र सो प्रतिवेदनले मेलम्ची आयोजनालाई बाढीको समयमा जोगाउन भूमिका खेल्ने प्रवक्ता पन्तीले बताए । उक्त प्रतिवेदनअनुसार नै मन्त्रालयले योजना बनाइरहेको र सोहीअनुसार काम अघि बढ्ने उनको भनाइ छ । तर मेलम्चीको मुहानमा स्थायी संरचना बनाउन कम्तीमा पनि ३ वर्ष लाग्ने उनले बताए ।

    मेलम्चीको भौगर्भिक स्थिति नियालेर त्यसअनुसारको संरचना बनाउन ३ वर्ष लाग्छ,’ उनले भने, ‘त्यतिबेलासम्म सुरूङ बचाउन पनि बर्खायाममा बन्द गर्नुपर्छ ।
    मेलम्ची सुरूङको पूर्ण क्षमता ५१ करोड लिटर पानी ल्याउन सकिने भए पनि हाल १७ करोड लिटरमात्रै ल्याइन्छ । उक्त सुरूङमा याङ्ग्री र लार्के खोलाको पानी जोडेपछि मात्रै पूर्ण क्षमतामा काठमाडौंमा पानी आउने बताइएको छ । मेलम्चीबाट मात्रै सबै क्षमताअनुसार पानी ल्याउन मिल्दैन ।

    • मेलम्चीको पानी
    सोमबार, बैशाख १२, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    असार नजिकिएसँगै किसानलाई रोपाइँको चटारो, धान रोप्न खेत तयार पार्दै
    राप्रपा छोडेकै भोलिपल्ट धवलशम्शेर र दुर्गा प्रसाईंबीच सहकार्य घाेषणा हुँदै
    सुधन गुरूङमाथि उठेका प्रश्नका विषयमा समितिले बुझायो निष्कर्ष र सुझाव सहितको प्रतिवेदन
    रास्वपा सरकार बनेपछि पहिलो पटक दिल्ली लागे परराष्ट्रमन्त्री खनाल
    प्रधानमन्त्रिले बोलेको कुरामा महानायक राजेश हमाल– ‘नागरिकले गर्ने अतिक्रमण र राज्यले गर्ने अतिक्रमण फरक हुन्’
    भिडिओ खिच्दै एक हातले मोटरसाइकल चलाइरहेका हर्क साम्पाङ बाटोमा लडे

    Facebook Page

    लोकप्रिय

    • १.
      मदिरा–सुर्ती बिक्रीमा राजस्व छल्दै रारा क्षेत्रका व्यापारी, अनुगमनपछि दर्ता गर्न निर्देशन

    • २.
      राजदरबार हत्याकाण्डको २५ वर्ष : इतिहासकै ‘कालो दिन’ को स्मरण तर जीवित छन् प्रश्नहरु

    • ३.
      कुशल भुर्तेल द्वारा टि–२० आईमा लागातार दोस्रो शतक

    • ४.
      आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

    • ५.
      प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

    • ६.
      दिल्लीमा रवि लामिछानेको दौडधुप

    भर्खरै

    • १.
      असार नजिकिएसँगै किसानलाई रोपाइँको चटारो, धान रोप्न खेत तयार पार्दै

    • २.
      राप्रपा छोडेकै भोलिपल्ट धवलशम्शेर र दुर्गा प्रसाईंबीच सहकार्य घाेषणा हुँदै

    • ३.
      सुधन गुरूङमाथि उठेका प्रश्नका विषयमा समितिले बुझायो निष्कर्ष र सुझाव सहितको प्रतिवेदन

    • ४.
      रास्वपा सरकार बनेपछि पहिलो पटक दिल्ली लागे परराष्ट्रमन्त्री खनाल

    • ५.
      घट्यो सुन-चाँदीको भाउ, आज कतिमा हुँदैछ किनबेच?

    • ६.
      प्रधानमन्त्रिले बोलेको कुरामा महानायक राजेश हमाल– ‘नागरिकले गर्ने अतिक्रमण र राज्यले गर्ने अतिक्रमण फरक हुन्’

    • ७.
      भिडिओ खिच्दै एक हातले मोटरसाइकल चलाइरहेका हर्क साम्पाङ बाटोमा लडे

    • ८.
      ‘झुट बोल्ने प्रधानमन्त्री चाहिँदैन’ भन्दै माइतीघरमा विरोध प्रदर्शन

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक
    जिवन कुमार अधिकारी

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.