बाजुराबाट निकै दुखद खवर प्राप्त भएको छ । ८ वर्षिय बालक बाबु आमाको साहारा विना टुहुरा बनेका छन । बुबाको निधन भएको केही समय पछि आमाले अर्कैसँग विहे गरेर हिडेपछि उनको विचल्लि भएको हो ।
आफ्ना बाबु आमाको काखमा लुटपुटिदै हिड्ने बेलामा दैवले बाबुलाई आफ्नो प्यारो बनाएका छन भने आफ्नै आमा निष्ठुरि बनेर छोडेर गएकी छन । त्रिवेणी नगरपालिका वडा नम्बर १ छतारा सल्लेरी टोलका २३ वर्षिय सुरेश विक कामको सिलसिलामा भारत गएका थए ।
भारतमा नै रहेका बेला भारतिय गाडिको ठक्कर बाट उनको निधन भयाे । उनका ८ वर्षिय छोरा थिए । ति आठ वर्षिय बालकको नाम आरन हो । बाबुकाे निधन भएको केही समय सम्म त आमा उनको साथमा नै थिईन तर केही समय पछि आरनलाई घरमै अलपत्र अवस्थामा छोडेर उनकी आमा धनसरा ले अर्को विहे गरिन ।
आमाले विचल्लि बनाएर छोडेर गएपछि अहिले आरन ८० वर्षिय हजुरबुबा गिठे विक र ८३ वर्षिय हजुरआमा मैना विकको सहारामा बसिरहेका छन । बरनको हेरचाह गरिरहेका वृद्व हजुरबुबा आमाको स्वास्थ्य अवस्था दिन प्रतिदिन जिर्ण बन्दै गैरहेको छ ।
सन्तानको हेरचाहमा बुढेसकाल विताउनु पर्ने अवस्थामा वृद्द दम्पतिले नातिको स्याहार सुसार गरि बस्नु परेको छ । उनिहरुको आर्थिक अवस्था निकै कमजवर रहेको छ । वृद्द हजुरबुबाको सहारामा आरनले छतारादेवी आधारभुत विद्यालयमा कक्षा ३ सम्म अध्यन गर्दै छन ।
उनिहरुकोमा छाक टार्न नै धौ धौ हुने गर्छ । विहान एक छाक खाए बेलुका के खाउ भन्ने अवस्थामा रहेको आरनले रुदै सुनाएका छन । त्यहि ३ कक्षासम्म नाति पढाउन पनि वृद्द हजुरबुबाले हरुको सहयोग मागिरहेका थिए । तर अहिले बुढेसकालले छपक्कै छोपेर केस पाकेका गिठे विकसँग नातिको पढाई खर्चका लागि सहयाेग माग्न गाउँ- गाउँ चहार्ने ताकत छैन । उनि निकै कमजोर बनिसकेका छन ।
स्कुल पढ्न र पढाईमा निकै रुचि राख्ने आरनका लागि आज पढ्नका लागि कलम र कापीको जोहो गरिदिने कोही छैन । उनका सक्षम अभिभाबक कोही छैन । सानै उमेर भएपनि आरन निकै चिन्ता लिने गर्छन । काम गरु भने आफु सक्ने छैन । दिनदिनै हजुरबुबाआमालाई बुढेसकालले गलाउदै लैजाँदै छ ।
हजुरआमा बुबाको हेरचाह कसरी गर्ने भन्ने कुराले निकै मन पिरोलेको उनि गहभरी आशु बनाउदै भन्छन । उमेरले कच्चा भएपनि उ परिस्थितिले उनलाई पाको बनाएको छ । उनि साहारा विहिन जस्तै भएका छन । उता आरनका हजुरबुबाको चिन्ता उस्तै छ । आफुलाई बुढेशकालले छोपेर डाँडापारिको घाम भैसकेपछि नातिलाई कस्ले हेर्ने भन्ने चिन्ता बढेको बताउँछन ।
अहिलेसम्म त जेनतेन हुर्काएर यत्रो बनाईयो तर अव आफ्नाे कमजोरिका कारण केही गर्न नसक्ने भएकाले नातिको साहारा कस्ले दिनेहो भनि छटपटिहुने गरेको भक्कानिदै उनि सुनाउँछन । यस्ता व्यसाहारा नानिबाबुहरुलाई सरकारले पालन पोषण गरिदिने व्यवस्थन मिलाईदिए कस्ताे राम्राे हुने थियाे । आरन जस्ता कलिला नानिहरु साहारा खोज्दै रुदै भौतारिने अवस्थाको अन्त्य होस । मुलुकले मुहार फेरेको हेर्ने चाहाना यतिबेला नेपालि जनताले गरिरहेका छन ।