काठमाडौँ । देशमा भष्ट्राचारले जरा गाडेको छ । नेताले देश लुटेर खोक्रो बनाएका छन् । यता जनता उपचार गर्ने पैसा नभएर मर्नु परिरहेको अवस्था छ । विगतका वर्षदेखि सरकारले जनता भोकले र उपचार नपाएर मर्नु पर्दैन भन्दै कराँउछ तर जनताले एउटा सिटामोल किन्ने पैसाको अभावमा आफ्नो ज्यान गुमाईरहेका छन् । दर्शकविन यस्तै गरिविका कारण उपचार गर्न नपाएर रोगले ग्रस्त श्रीमतिको शरिर लिएर भौतारिरहेको एउटा घट्ना हामी तपाईलाई सुनाउँदै छौँ । त्यो ह्रिदयविदारक घट्नाको तस्विर अहिले सामाजिक सञ्जालमा भाईरल भैरहेको छ ।
सल्यानमा जिप दुर्घट्नामा घाईते भएकी श्रीमतिको उपचार गर्न नसकि उपचारको माग गर्दै श्रीमान राजेश पुन त्यो अर्धचेत श्रिमतिलाई बोकेर जिल्ला प्रशाशन कार्यालय पुगेका छन् । कुमागाउ गाउपालिका ७ जिमालिका पुनले श्रीमति सुनिता बोहरालाई बोकेर उपचारका लागि सहयोग माग्दै जिल्ला प्रशाशन कार्यालय पुगेका हुन् । गत मंसिर १५ मा कुमाल गाउँपालिका ७ डुमकोटबाट खैराबाङ आउँदै गरेको रा १ ज ७९८ नम्बरको जिप दुर्घट्ना हुँदा २ जनाको मर्त्यु भएको थियो । १७ जना घाईते भएका थिय । सुनिता बोहरा तिने घाईते मध्यकि एक हुन् । सुनितालाई दुर्घट्ना पछि सेनाको हेलिकप्टर मार्फत नेपालगञ्ज लगिएको थियो । तर त्यहाँ उपचार सम्भव नभएपछि उनलाई भारत लगियो । भारतमा ३ महिना उपचार गर्दा लाखौँ खर्च भयो तर उनि निको हुन भने सकिनन् । अहिले सुनिताका दुवै हातगोडा चल्दैनन् । उनि बोल्न पनि सक्दिनन् । राजेसले आफ्नि घाईते श्रीमतिको उपचारका लागि सबै निकाय गुहारे सहयोगको भिख मागे तर उनलाई कसैले सहयोग गरेन । श्रीमतिको उपचार गर्न कसैले सहयोग नगरेको र आफ्नो आर्थिक अवस्था ज्यादै नै दयनिय भएकाले सहयोगका लागि अचेत श्रीमति बोकेर जिल्ला प्रशाशन आएको उनि रुदै आफ्नो काहानि सुनाउँछन् ।
श्रीमतिका हातगोडा सुकेर मसिना भैसकेका छन् ।उनि आफै बोल्न र खान समेत सक्ने अवस्थामा छैनन् । उपचारको अभावमा आफ्नि श्रिमतिको यो हाल भएको र आँखै अगाडि श्रिमति मृत्युको मुखमा पुगेको देख्न नसकि हारगुहार माग्दै उनि प्रसाशन सकक्ष आईपुगेका छन । उनले पहिला श्रिमतिलाई प्रहरी कार्यालयमा ल्याएका थिय ।त्यहाँबाट प्रशाशनमा लैजानु भने पछि प्रशाशनमा ल्याएको उनि बताँउछन् । एक्लै हिड्दा कसैले नपत्याएको र सहयोग नगरेकाले विरामी श्रिमतिलाई नै बोकेर ल्याएको उनि गहभरि आसु बनाएर भन्छन् । उनि भन्छन् श्रीमतिको यस्तो अवस्था देखेर उनले उपचार पाउँछिन कि कतै उनको विरामी शरिरलाई न्याय मिल्छ कि भन्ने आशा राखेर यहाँसम्म आएको हुँ ।
सुनिताको हालसम्म उपचारमा २५ लाख खर्च भैसकेको छ । त्यो ऋण दिएका साहुहरुले झनै पैसा माग्ने गरेको र श्रीमतिको अवस्थामा सुधार नभएकाले राजेसलाई समस्या माथि समस्या थपिएको छ । जिल्ला अस्पतालहरुले उनलाई विदा दिसकेका छन् । दुर्घट्ना हुँदा उनको टाउकोमा गम्भिर चोट लागेर मस्तिष्कमा पनि चोट लागेको अस्पतालका रिपोर्टहरुमा देख्न सकिन्छ । दुर्घट्ना भएको गाडिधनि हालसम्म फरार रहेका छन् । उनको उपचारका लागि स्थानिय निकायले पनि कुनै पहल गरेको देखिँदैन । गाडि धनिको खोजिकार्यमा पनि खासै चासो दिखिएको देखिँदैन
सुनिता त यो समाजकी एउटा प्रनिधि पात्र मात्रै हुन उनि जस्ता हजारौँ नागरिकले उपचारको अभावमा छट्पटिदै मृत्यु कुर्नु परिरहेको छ । सरकारले उपचार नपाएर मर्नु पर्दैन भन्छ तर नेतृत्व तहमा बस्नेले नै भ्रष्ट्राचार गर्दा जनताले चरम गरिवि भोग्नु परिरहेको छ । जनता त गरिव भए भए नेताको सोच पनि दरिद्र हुँदा जनताले न्याय पाएका छैनन् । कति वृद्द वृद्दाहरुले बाटोमा हिँड्दाहिड्दै ज्यान गुमाउनु परेको छ । कति सुत्केरीले समयमा अस्पताल पुग्न नपाएर ज्यान गुमाउनु परेको छ । यस विषयमा सरकारको चासो देखिँदैन । संविधानले नै स्वास्थ्य उपचारको अधिकार सुनिस्चित गर्दिएको छ नेपालको संविधानको धारा ३५ मा स्पस्ट रुपमा लेखिएको छ प्रत्यक नागरिकलाई राज्यबाट आधारभुत स्वास्थ्य सेवा निशुल्क प्राप्त गर्ने हक हुने छ र कसैला२ पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित गरिने छैन ।
तर गरिव दुखि र निमुखाका लागि न कानुन ले देख्छ न सरकारले । जनता सधै सिटामोल नपाएर मर्नु पर्छ भने भ्रष्ट हरुले गरेको सासन नचाहिने भन्दै जनताले विद्रोह गरेका छन् । धेरै पाउने आश नरहे पनि जनताले उपचार नपाएर छटपटिदै मृत्यु कुर्नु पर्ने दिनको अन्त्य होस भन्ने चाहाना राखेका छन् । अव देशको यस्तो पिस्थिति कतै नया उदायका अनुहारहरुले परिवर्तन गर्छन् कि भन्ने आशा लागेको जनसमुदायको भनाई छ । सुनिता जस्ता हजारौले उपचार नै नपाएर मृत्यु कुर्ने दिनको अन्त्य भएको हेर्ने चाहाना आम नागरिकले गरेका छन् ।