काठमाडौँ । बझाङमा हिमपहिरोमा ३ जना बेपत्ता भएका छन् भने दुई जना घाइते छन् । आइतबार बिहान सुर्मा गाउँपालिका–२ को धानशेरा भन्ने ठाउँमा हिमपहिरो जाँदा तीन जना बेपत्ता र दुई जना घाइते भएको खबर आएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।
अहिले घटनास्थलतर्फ प्रहरी टोली गएको छ । तर घटनास्थल निकै टाढा भएकाले टोली पुग्न समय लाग्ने प्रहरीको भनाइ छ । हिमपहिरोमा परेर घाइते भएका र बेपत्ता हुनेको परिचय भने खुलेको छैन । उनीहरु यार्सागुम्बा संकलन गर्न त्यहाँ पुगेको जानकारी आएको प्रहरीले जनाएको छ ।