काठमाडौं । सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न राष्ट्रपति रामचन्द्र पौडेल संसद भवन पुग्नु भएको छ । आर्थिक वर्ष २०८०/०८१ सरकारको नीति तथा कार्यक्रम संसदमा केहीबेरमा प्रस्तुत हुनेछ ।
यस पटक राष्ट्रपति शीतल निवासबाट संसद भवनमा जाँदा सडक खाली गराइएको थिएन भने संसद भवनको गेटबाट मात्र कारकेडको व्यवस्था गरिएको थियो । यसअघि नीति तथा कार्यक्रम प्रस्तुत गर्न राष्ट्रपति संसद आउँदा शितल निवासदेखि नै सडक खाली गराउने गरिएको थियो । यस पटक भने राष्ट्रपतिले तामझाम नगरि संसदमा जाने निर्णय गरेका ले यस्तो गरिएको हो ।