• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
शुक्रबार, माघ ०९, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह,आगामी चुनाबमा रास्वपाको पनि साथ रहने

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु

एमालेलाई प्रचण्डको आह्वान- कुनै भ्रममा नपरी एकता गरौ

उम्मेदवारी खारेजीविरुद्ध रेशम चौधरी सर्वोच्चमा

कांग्रेस सभापतिको कुर्सीमा गगन थापा

देशभर ४९ जना उम्मेदवारले फिर्ता लिए उम्मेदवारी

रुपन्देही ३ : रास्वपालाई बागीको डर, मुख्य प्रतिस्पर्धामा तीन उम्मेदवार

बाँके मालपोतका हाकिमसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

सानेपा बैठकले गगन थापालाई प्रधानमन्त्री उम्मेदवार घोषणा गर्ने

लोकप्रिय समाचार

  • १. प्रधानमंत्रीले निर्वाचनबारे छलफल गर्न मन्त्रीहरूसहितको बैठक बसाल्दै

  • २. रौतहट–४ निर्वाचन रोचक बन्ने अनुमान, ऋषि धमला पनि बने उम्मेदवार

  • ३. जेन्जी आन्दोलनको घटना छानबिन उच्चस्तरीय जाँचबुझ आयोगको आज म्याद सकिँदै

  • ४. घण्टीघरमा बालेनको पहिलो पाइला

  • ५. महेश बस्नेतले भने : सहकारी ठग रविलाई बहिष्कार गरेर लखेट्छौं

  • ६. महासचिव शंकर पोखरेलले गरे दाङ–२ बाट उम्मेद्वारी मनोनयन दर्ता

  • ७. यस्ता छन् मन्त्रिपरिषद्का पछिल्ला निर्णयहरु

  • ८. एमाले बाजुराको पार्टी कार्यालयमा ताला, युवापुस्तालाई अवसर नदिएको आक्रोश

  • ९. इजाजत प्राप्त हातहतियार बुझाउन प्रशासनको आग्रह

  • १०. इलाममा बालेनको घरदैलो

किन घट्यो ईभी आयात ?


  •   बिहिबार, माघ ०८, २०८२ मा प्रकाशित
  • माघ ८,काठमाडौं । पछिल्लो समय विद्युतीय गाडी (ईभी) आयात घट्दै गएको छ । यसवर्ष चीनसँगको मुख्य दुई व्यापारीक नाकामा भएको अवरोधका कारणले नेपालमा ईभी आयात घटेको सरोकारवालाहरुले बताएका छन् । भन्सार विभागले बुधबार जारी गरेको तथ्यांक अनुसार चालु आर्थिक वर्ष (आव) २०८२÷८३ को पुस सम्म चार पांग्रे विद्युतीय गाडी (ईभी) १२ अर्ब ५ करोड ४५ लाख रुपैयाँको ५ हजार ७१ थान आयात भएको छ । यो आयात गत आवको सोहि अवधिको तुलनामा कम हो । गत आवको सोहि अवधिमा नेपालमा कुल १३ अर्ब १० करोड ८० लाख रुपैयाँ बराबरको ५ हजार ४८० थान इभी आयात भएको विभागको तथ्यांकले देखाएको छ ।

    Advertisement

    गत असार २३ मा तिब्बतको ल्हेन्दे खोलामा गएको बाढीका कारण मित्तेरी खोलको पुल बगाएपछि रसुवा नाका ठप्प हुँदा र पहिरोका कारण केहि समय तातोपानी नाका समेत ठप्पहुँदा यसवर्ष ईभी आयातमा कमी आएको रसुवा भन्सारका अधिकृत ठाकुर गौतमले जानकारी दिए । यद्यपी, उक्त खोलामा चीनले अस्थायी बेलिब्रिज निर्माण गरेपछि करीब ६ महिना पछि गत पुस दोस्रो साता देखि नाका पुनः सुचारु भइसकेको छ भने तातोपानी नाकापनि सुचारु नै छ ।
    तर, लामो समय नाका बन्द रहँदा त्यसैको असर स्वरुप ईभी आयातमा कमी देखिएको गौतमले बताए । उनका अनुसार अहिले रसुवा नाकाबाट सातामा २०–२५ वटादेखि ५० वटा सम्म ईभी आयात हुने गरेका छन् ।

    आयात भएका ईभीहरू भन्सार क्षेत्रमा राखी बिलिङ तथा पास प्रक्रिया पूरा भएपछि बजारतर्फ पठाइने गरिएको उनले बताए । हाल रसुवामा नयाँ ड्राइपोर्ट निर्माणको काम भने सुरु भइसकेको छैन । अहिले उपलब्ध ड्राइपोर्ट क्षेत्रलाई सरसफाइ तथा व्यवस्थापन गरेर नै प्रयोगमा ल्याइरहेको भन्सार कार्यालयले जनाएको छ ।

    ५८ करोड भन्दा बढीको माइक्रो ओभन, इन्डक्सन र राइसकुकर आयात

    चालु आवको पुस सम्ममा ५८ करोड २३ लाख ४६ हजार रुपैयाँको २ लाख ८६ हजार ३३७ थान माइक्रो ओभन, इन्डक्सन र राइसकुकर आयात भएको भन्सारको तथ्यांकले देखाएको छ । गत आव र चालु आवको यस अवधिमा माइक्रो ओभन, इन्डक्सन र राइसकुकरको आयात तुलना गर्दा आयातमा खासै फरक देखिएको छैन् । अघिल्लो आवको पुस सम्म ५८ करोड ३२ लाख रुपैयाँको २१ लाख ९६ हजार ७ सय थान माइक्रो ओभन, इन्डक्सन र राइसकुकर आयात भएको थियो ।

    स्मार्ट फोनको आयातमा वृद्धि

    चालु आवको पहिलो ६ महिनामा २३ अर्ब २९ करोड ८३ लाख २२ हजार रुपैयाँको १२ लाख ५२ हजार ६३४ थान स्मार्टफोन आयात भएका छन् । गत आवको सोहि अवधिमा १६ अर्ब ७१ करोड रुपैयाँको ११ लाख ११ हजार थान स्मार्टफोन आयात भएको थियो । पछिल्लो समय प्रायः मान्छेले सबै जसो बिल भुक्तानी मोबाइल बैंकिङ वा एपबाटै गर्ने र अनलाइन कक्षा लिने, फेसबुक र टिकटकजस्ता सामाजिक सञ्जालमा आम मानिसको पहुँच बढेका कारण पनि हरेकले स्मार्टफोन बोक्ने गर्छन् । यसले गर्दा हरेक वर्ष नेपालमा स्मार्टफोनको आयात बढेको हो । पछिल्लो समय विशेषगरी ठूलो स्क्रिन भएका, ह्याङ नहुने, लामो समयसम्म नतात्ने र ब्याट्री क्षमतामा सुधार भएको स्मार्टफोनप्रति ग्राहकको आकर्षण बढ्दै गएको व्यवसायी बताउँछन् । साथै, अनलाइन गेम, भिडियो स्ट्रिमिङ र मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या बढेसँगै उच्च क्षमताका फोनको माग झन् तीव्र बन्दै गएको छ ।

    बिहिबार, माघ ०८, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह,आगामी चुनाबमा रास्वपाको पनि साथ रहने
    यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु
    एमालेलाई प्रचण्डको आह्वान- कुनै भ्रममा नपरी एकता गरौ
    उम्मेदवारी खारेजीविरुद्ध रेशम चौधरी सर्वोच्चमा
    कांग्रेस सभापतिको कुर्सीमा गगन थापा
    देशभर ४९ जना उम्मेदवारले फिर्ता लिए उम्मेदवारी

    Facebook Page

    लोकप्रिय

    • १.
      प्रधानमंत्रीले निर्वाचनबारे छलफल गर्न मन्त्रीहरूसहितको बैठक बसाल्दै

    • २.
      रौतहट–४ निर्वाचन रोचक बन्ने अनुमान, ऋषि धमला पनि बने उम्मेदवार

    • ३.
      जेन्जी आन्दोलनको घटना छानबिन उच्चस्तरीय जाँचबुझ आयोगको आज म्याद सकिँदै

    • ४.
      घण्टीघरमा बालेनको पहिलो पाइला

    • ५.
      महेश बस्नेतले भने : सहकारी ठग रविलाई बहिष्कार गरेर लखेट्छौं

    • ६.
      महासचिव शंकर पोखरेलले गरे दाङ–२ बाट उम्मेद्वारी मनोनयन दर्ता

    भर्खरै

    • १.
      महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह,आगामी चुनाबमा रास्वपाको पनि साथ रहने

    • २.
      यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु

    • ३.
      एमालेलाई प्रचण्डको आह्वान- कुनै भ्रममा नपरी एकता गरौ

    • ४.
      उम्मेदवारी खारेजीविरुद्ध रेशम चौधरी सर्वोच्चमा

    • ५.
      कांग्रेस सभापतिको कुर्सीमा गगन थापा

    • ६.
      देशभर ४९ जना उम्मेदवारले फिर्ता लिए उम्मेदवारी

    • ७.
      रुपन्देही ३ : रास्वपालाई बागीको डर, मुख्य प्रतिस्पर्धामा तीन उम्मेदवार

    • ८.
      बाँके मालपोतका हाकिमसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक
    जिवन कुमार अधिकारी

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.