• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
बिहिबार, साउन ०७, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

भूमिमन्त्री रावलको सक्रियता : झापामा १८ परिवारलाई जग्गाधनी प्रमाणपत्र

दोस्रो जितको लक्ष्यसहित आज श्रीलंकासँग भिड्दै नेपाल

बैंकिङ कसुर प्रकरणमा भट्ट र अग्रवाल उच्च अदालतमा, बयान सुरु

अर्ग्यानिक क्षेत्रका व्यवसायीसँग आज प्रधानमन्त्रीको छलफल

जन्तर–मन्तरमा प्रदर्शनको त्रास, दिल्लीका १६ मेट्रो स्टेशन बन्द

दल–दल फेरेका थापा स्काउटको ऐनविपरीत प्रमुख आयुक्त नियुक्त

गणतन्त्रका उपलब्धिमाथि योजनाबद्ध रूपमा झूटो प्रचार गरिएको प्रचण्डको आरोप

संविधान संशोधनका लागि सुझाव संकलन गर्दै नेकपा एमाले

लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतको नियुक्तिका लागि आज अन्तर्वार्ता

लोकप्रिय समाचार

  • १. निर्दोष ठहरिएका डा. जितेन्द्र परियारलाई फेरि विवादमा तान्ने प्रयास? सिभिल अस्पतालको नियुक्ति रोक्ने प्रयास

  • २. चितवनमा शिक्षामन्त्री सस्मित पोखरेललाई कालोझण्डा, कर फिर्ता गर्न माग गर्दै विद्यार्थीको प्रदर्शन

  • ३. शैक्षिक परामर्श नियमावलीमा सरकारलाई रास्वपाकै केन्द्रीय सदस्यको सुझाव, सभापतिसँग भट्टको गम्भीर छलफल

  • ४. सत्ताका लागि अब सिद्धान्तमा सम्झौता गर्दैनाैँ : गगन थापा

  • ५. भूमिहीनलाई जग्गा दिने प्रक्रिया अघि बढ्यो, सरकारले जारी गर्‍यो ३५ दिने सूचना

  • ६. जलन उपचार सेवामा सुधारको पहल, स्वास्थ्य मन्त्रालयले बनाउँदै नयाँ मापदण्ड

  • ७. सरकारविरुद्ध शैक्षिक परामर्श व्यवसायीको आन्दोलन, नियमावली खारेज गर्न माग

  • ८. सरकारविरुद्ध सडक र संसद् दुवैबाट उत्रिने ओलीको घोषणा !

  • ९. भोजाड सडक अन्धकारमा: सडकबत्ती नहुँदा नागरिक जोखिममा, सामाजिक सञ्जालमा अभियान सुरु

  • १०. कर प्रणालीमा आबद्ध नागरिकलाई लखपति बनाउँदै सरकार

रास्वपाले उम्मेदवार छान्ने नयाँ मापदण्ड !


  •   सोमबार, साउन ०५, २०८२ मा प्रकाशित
  • नेपालमा २०१५ सालदेखि नै संसदीय चुनाव शुरु भए पनि राजनीतिक पार्टीहरूले उम्मेदवार छनोटको व्यवस्थित प्रणाली बसाल्न नसकिरहेका बेला रास्वपाले नयाँ मानक बनाउन खोजेको छ ।

    Advertisement

    विभिन्न समयका संवैधानिक व्यवस्था, अनि त्यस अनुसारका निर्वाचन ऐनहरूका साथ तत्–तत् दलहरूका विधानहरूले उम्मेदवार छनोटबारे औपचारिक किसिमका मान्यताहरू बनाए पनि लागू गर्नेबारे अस्पष्टता र विवाद समेत विगतमा उत्पन्न भएका थिए । अझ अघिल्लो चुनावमा एउटा दलबाट सांसद बनेको व्यक्ति अर्को चुनावमा दल बदलेर अर्को दलको उम्मेदवार बनेको दृष्टान्त समेत देखिएको थियो ।

    निर्वाचन ऐन २०७४ अनुसार उम्मेदवार अयोग्य हुने निश्चित मापदण्डहरू उल्लेख गरिएको छ । ऐनमा उल्लेख भए अनुसार तीनै तहका सरकारको स्वामित्व वा अनुदान प्राप्त संस्थाबाट पारिश्रमिक पाउने गरी बहाल रहेको व्यक्ति उम्मेदवार हुन अयोग्य हुनेछ ।

    त्यसका अतिरिक्त सजाय पाएर दुई वर्ष भुक्तान नगरेको, कुनै कसूरमा जन्मकैदको फैसला तोकिएको व्यक्ति, सङ्गठित अपराध सम्बन्धी कसूरमा कैद बसेर छुटेको ६ वर्ष पूरा नभएको लगायत उम्मेदवार नहुने व्यवस्था छ ।

    छुवाछूत, बोक्साबोक्सी वा बहुविवाह सम्बन्धी कसूरमा कैदको सजायको भुक्तान गरेर रिहा भएको तीन वर्ष पूरा नभएको व्यक्ति पनि उम्मेदवार हुन पाउँदैन । निर्वाचन आयोगले यही आधार बनाएर उम्मेदवारको नाम दर्ता गर्छ ।

    तर, मुख्य दलहरूले आफ्नो उम्मेदवार छनोट गर्दा पार्टी सदस्यतालाई प्राथमिकतामा राखेका हुन्छन् । छनोटको विधि पार्टीको तल्लो संरचनाबाट नाम सिफारिश गरे अनुसार छनोट गर्दछन् । कतिपय उम्मेदवार केन्द्रको ठाडो निर्देशनमा चयन गरिएको हुन्छ ।
    संसद्को चौथो शक्ति रास्वपाले उम्मेदवार छनोटका लागि पुराना दलहरूले अवलम्बन गरेको विधि भन्दा पृथक् शैली अपनाउन लागेको हो ।

    हालसम्म कुनै पनि दलले कार्यकर्ताको छनोटको आधारमा उम्मेदवार चयन गर्ने पद्धति बसालेका छैनन् । प्रारम्भिक निर्वाचनबाट उम्मेदवार छनोट गर्ने विधि रास्वपाले गत चुनावमा बनाए पनि शतप्रतिशत लागू हुन भने सकेन ।

    कात्तिकमा हुने उपनिर्वाचनलाई मध्यनजर राखेर रास्वपाले परिष्कृत विधि बनाएको छ । संघीय निर्वाचनको उम्मेदवारका लागि फरक मानक तय गरेको छ । सहमहामन्त्री विपिन आचार्यको नेतृत्वमा उम्मेदवार छनोटको विधि बनाइएको छ । उनले बनाएको मस्यौदालाई सचिवालय र केन्द्रीय सदस्यमा छलफल गरेर प्राप्त सुझावहरू समेटेर विधिलाई थप परिष्कृत गरिएको आचार्यले जानकारी गराए ।

    हाल बनाइएको विधि संघको उम्मेदवार चयन गर्ने प्रक्रियामा मात्रै लागू हुनेछ । उक्त विधि अनुसार उम्मेदवार छान्ने अधिकार कार्यकर्तामा बढी हुने गरी तय गरिएको छ । उम्मेदवार हुनका लागि अंकभार निर्धारण गरेर छनोट हुने विधि बनाइएको छ । प्रारम्भिक निर्वाचनको ५०, लिडरसिप एकेडेमीको नतिजाबाट २५, पोलिटिकल प्रोक्सिमिटीबाट २०, र समावेशितालाई ५ प्रतिशत तोकेर उम्मेदवार छनोट गरिने भएको छ ।

    सहमहामन्त्री आचार्यका अनुसार उम्मेदवार छनोटको विधि हरसम्भव वैज्ञानिक बनाउन प्रयास गरिएको छ । ‘यो विधिबाट सबल र उत्कृष्ट उम्मेदवार छान्न सकिन्छ भनेर विधि तय गरेका हौं’ आचार्यले बताएका छन्।

    प्रारम्भिक मतदानका लागि पनि तीन तरिकाबाट अंकभार पूरा हुने गरी विधि बनाइएको छ । प्रारम्भिक निर्वाचनको मतभार ५० प्रतिशत पूरा गर्ने क्रममा ८० प्रतिशत स्थानीय पार्टी सदस्यले मतदानलाई आधार बनाइएको छ । प्रारम्भिक मतदानबाट उम्मेदवार हुनेका लागि १० प्रतिशत मतभार त्यस क्षेत्रका संरचनामा रहेकाले मत दिन पाउने छन् ।

    थप १० प्रतिशत केन्द्रीय सदस्यको मतभारलाई गणना गरिने गरी विधि बनाइएको छ । रास्वपाको विधान अनुसार क्षेत्रका कुल मतदाताको ०.१ प्रतिशत पार्टी सदस्य रहेको स्थानमा प्राइमरी इलेक्सन हुने व्यवस्था छ । प्राइमरी इलेक्सन हुन नसक्ने अवस्थामा उम्मेदवार छनोटको टुंगो केन्द्रीय समितिले गर्ने विधानको प्रावधान छ ।

    सहमहामन्त्री आचार्यका अनुसार प्राइमरी इलेक्सनका लागि आवश्यक हुने सदस्य संख्या अधिकांश क्षेत्रमा छन् । उनी भन्छन्, ‘दुई–चार वटा दूरदराजका ठाउँमा बाहेक प्राइमरी इलेक्सन गर्ने गरी सदस्य संख्या रहेको छ ।’

    लिडरसिप एकेडेमी शुरु भइनसकेको हुँदा त्यसका लागि सचिवालयले निर्णय गर्ने भएको छ । रास्वपाको नीति अनुसार उम्मेदवार हुन चाहनेले अनिवार्य लिडरसिप एकेडेमीबाट आवद्ध भई प्रशिक्षित भएको हुनुपर्दछ । तर, पार्टीको उक्त संरचना भने भनिसकेको छैन ।

    उम्मेदवार हुन इच्छुक व्यक्ति नागरिकसँग कति जोडिएको छ भनी मूल्यांकन समेत रास्वपाले गर्ने भएको छ । राजनीतिक चेत, सदाचार, नैतिकवान, शिक्षा तथा पेशागत अनुभव, नेतृत्वदायी अनुभव, भविष्य दृष्टि लगायतमा मूल्यांकन गरेर रास्वपाले उम्मेदवार छनोट गर्नेछ । पोलिटिकल प्रोक्सिमिटी अन्तर्गत पार्टी, सामाजिक–डेमोग्राफिक, लोकतान्त्रिक चरित्र लगायतमा पार्टीले हेर्नेछ । उम्मेदवार हुन चाहने व्यक्तिको पार्टीमा आवद्धता, निरन्तरता, कार्यसम्पादन, सक्रियता लगायत मापदण्ड बनाइएको छ ।

    स्थानीय मुद्दा र समस्याप्रतिको बुझाइ, नागरिकसँगको सम्बन्ध, प्रतिष्ठा लगायतमा उम्मेदवार हुन चाहनेको लागि थप योग्यता हुनुपर्दछ । समाजसँगको लगाव, योगदान, लोकतन्त्रको मूल्यमान्यतामा अडिग भए/नभएको परीक्षण गरेर मात्रै उम्मेवार छनोट गरिने सहमहामन्त्री आचार्यले जानकारी दिए ।

    आचार्य भन्छन्, ‘समाजमा पनि नेतृत्वदायी भूमिका उसले कस्तो देखाएको छ ? शिक्षा सहित व्यक्तिको समग्र अनुभव र योगदानको मूल्यांकन गरिन्छ । समाज, देशका लागि हुने लाभको मूल्यांकन गरेर मात्रै उम्मेदवार चयन गरिनेछ ।’

    सम्बन्धित क्षेत्रबाट महिला, दलित, आदिवासी, जनजाति, थारू, मुस्लिम, मधेशी, पिछडिएको क्षेत्र र अपाङ्गता भएर उम्मेदवार हुन चाहनेले थप ५ प्रतिशत अंकभार स्वत: प्राप्त गर्ने विधि बनाइएको छ । मानौं, रुपन्देही–३ मा महिला, दलित, आदिवासी, जनजाति, थारू, मुस्लिम, मधेशी र अपाङ्गताबाट कुनै उम्मेदवार हुन चाहे उक्त व्यक्तिले ५ प्रतिशत अंक स्वत: प्राप्त गर्नेछ ।

    प्रारम्भिक मतदानको क्रममा पार्टी सदस्यले कुनै उम्मेदवारलाई मत दिन्न भन्ने विकल्प पनि राखिएको छ । प्रारम्भिक मतदानमा भाग लिएका उम्मेदवार भन्दा ‘कुनै पनि छनोट गर्दिनँ’ भन्ने पक्षमा मत बढी भयो भने नयाँ उम्मेदवार छान्नका लागि पुन: मतदान गर्ने व्यवस्था गरिएको छ । रास्वपाबाट समावेशिताको आधारमा उम्मेदवार बन्नका लागि थप सुविधा सहितको विधि बनाइएको छ ।

    रूपन्देही–३ को निर्वाचनको उम्मेदवार छनोट गर्नका लागि योग्यताहरूको मापदण्ड बनाइएको छ । पार्टी सचिवालय हुँदै केन्द्रीय समितिबाट पारित निर्णय अनुसार उम्मेदवार हुन चाहनेले केन्द्रीय अनुशासन तथा आचरण समितिमा सम्पत्ति विवरण बुझाएको हुनुपर्नेछ । उम्मेदवारको प्रारम्भिक मतदानमा भाग लिनका लागि उम्मेदवारले प्रहरी रिपोर्ट समेत पेश गर्नुपर्नेछ । रास्वपामा उम्मेदवार हुन पार्टीका मूल्य–मान्यता र सिद्धान्तप्रति प्रतिबद्ध हुनको साथै अन्य कुनै राजनीतिक दलसँग आबद्ध नरहेको पुष्टि गर्नुपर्नेछ । रास्वपाले तोकेका यी व्यवस्था कानूनले तोकेको भन्दा अतिरिक्त हुन् ।

    संघको उम्मेदवार तय गर्दा बनाइएको विधि अन्य तहमा मेल नखाने हुँदा फरक प्रकृतिको पद्धति केन्द्रका लागि बनाइएको रास्वपाले जनाएको छ । संघीय उम्मेदवारका लागि बनाइएको विधि रूपन्देही–३ मा पहिलो परीक्षण हुनेछ । रूपन्देही–३ मा यो विधि अपनाउँदा आएका व्यवधान, प्रतिक्रिया, सहजता–असहजता लगायतको मूल्यांकन गरेर यसैलाई आधार बनाएर विधि थप परिमार्जित गरेर २०८४ सालमा लागू गरिने भएको छ ।

    रास्वपाले हाल बनाइएको विधिलाई मौलिक भएको दाबी गरेको छ । आचार्य भन्छन्, ‘हाम्रो विवेकले नभ्याएका कुनै दुई–चार वटा मानकहरू छुटेका रहेछन् भने त्यसलाई समावेश गरिनेछ । थप परिष्कृत र बलियो बनाउनको लागि संविधान त संशोधन हुनसक्छ भने पार्टीको विधान संशोधन हुन नसक्ने हुँदैन । रास्वपाले त्यसलाई चिर्दै माथिबाट नेताको निर्देशनमा नभई भुइँतहबाट उम्मेदवार छानिंदै आउने विधि तय गर्न खोजेको छ ।

    नेपालको चुनावी प्रणालीका लागि नयाँ अनुभूत हुने यो मानक भविष्यमा स्वयं रास्वपाकै हकमा कति लागू हुन्छ भन्ने चाहिं समयसँगै परीक्षित हुनेछ ।

    सोमबार, साउन ०५, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भूमिमन्त्री रावलको सक्रियता : झापामा १८ परिवारलाई जग्गाधनी प्रमाणपत्र
    बैंकिङ कसुर प्रकरणमा भट्ट र अग्रवाल उच्च अदालतमा, बयान सुरु
    अर्ग्यानिक क्षेत्रका व्यवसायीसँग आज प्रधानमन्त्रीको छलफल
    जन्तर–मन्तरमा प्रदर्शनको त्रास, दिल्लीका १६ मेट्रो स्टेशन बन्द
    दल–दल फेरेका थापा स्काउटको ऐनविपरीत प्रमुख आयुक्त नियुक्त
    गणतन्त्रका उपलब्धिमाथि योजनाबद्ध रूपमा झूटो प्रचार गरिएको प्रचण्डको आरोप

    Facebook Page

    लोकप्रिय

    • १.
      निर्दोष ठहरिएका डा. जितेन्द्र परियारलाई फेरि विवादमा तान्ने प्रयास? सिभिल अस्पतालको नियुक्ति रोक्ने प्रयास

    • २.
      चितवनमा शिक्षामन्त्री सस्मित पोखरेललाई कालोझण्डा, कर फिर्ता गर्न माग गर्दै विद्यार्थीको प्रदर्शन

    • ३.
      शैक्षिक परामर्श नियमावलीमा सरकारलाई रास्वपाकै केन्द्रीय सदस्यको सुझाव, सभापतिसँग भट्टको गम्भीर छलफल

    • ४.
      सत्ताका लागि अब सिद्धान्तमा सम्झौता गर्दैनाैँ : गगन थापा

    • ५.
      भूमिहीनलाई जग्गा दिने प्रक्रिया अघि बढ्यो, सरकारले जारी गर्‍यो ३५ दिने सूचना

    • ६.
      जलन उपचार सेवामा सुधारको पहल, स्वास्थ्य मन्त्रालयले बनाउँदै नयाँ मापदण्ड

    भर्खरै

    • १.
      भूमिमन्त्री रावलको सक्रियता : झापामा १८ परिवारलाई जग्गाधनी प्रमाणपत्र

    • २.
      दोस्रो जितको लक्ष्यसहित आज श्रीलंकासँग भिड्दै नेपाल

    • ३.
      बैंकिङ कसुर प्रकरणमा भट्ट र अग्रवाल उच्च अदालतमा, बयान सुरु

    • ४.
      अर्ग्यानिक क्षेत्रका व्यवसायीसँग आज प्रधानमन्त्रीको छलफल

    • ५.
      जन्तर–मन्तरमा प्रदर्शनको त्रास, दिल्लीका १६ मेट्रो स्टेशन बन्द

    • ६.
      दल–दल फेरेका थापा स्काउटको ऐनविपरीत प्रमुख आयुक्त नियुक्त

    • ७.
      गणतन्त्रका उपलब्धिमाथि योजनाबद्ध रूपमा झूटो प्रचार गरिएको प्रचण्डको आरोप

    • ८.
      संविधान संशोधनका लागि सुझाव संकलन गर्दै नेकपा एमाले

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.