• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
बिहिबार, साउन ०७, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

भूमिमन्त्री रावलको सक्रियता : झापामा १८ परिवारलाई जग्गाधनी प्रमाणपत्र

दोस्रो जितको लक्ष्यसहित आज श्रीलंकासँग भिड्दै नेपाल

बैंकिङ कसुर प्रकरणमा भट्ट र अग्रवाल उच्च अदालतमा, बयान सुरु

अर्ग्यानिक क्षेत्रका व्यवसायीसँग आज प्रधानमन्त्रीको छलफल

जन्तर–मन्तरमा प्रदर्शनको त्रास, दिल्लीका १६ मेट्रो स्टेशन बन्द

दल–दल फेरेका थापा स्काउटको ऐनविपरीत प्रमुख आयुक्त नियुक्त

गणतन्त्रका उपलब्धिमाथि योजनाबद्ध रूपमा झूटो प्रचार गरिएको प्रचण्डको आरोप

संविधान संशोधनका लागि सुझाव संकलन गर्दै नेकपा एमाले

लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतको नियुक्तिका लागि आज अन्तर्वार्ता

लोकप्रिय समाचार

  • १. निर्दोष ठहरिएका डा. जितेन्द्र परियारलाई फेरि विवादमा तान्ने प्रयास? सिभिल अस्पतालको नियुक्ति रोक्ने प्रयास

  • २. चितवनमा शिक्षामन्त्री सस्मित पोखरेललाई कालोझण्डा, कर फिर्ता गर्न माग गर्दै विद्यार्थीको प्रदर्शन

  • ३. शैक्षिक परामर्श नियमावलीमा सरकारलाई रास्वपाकै केन्द्रीय सदस्यको सुझाव, सभापतिसँग भट्टको गम्भीर छलफल

  • ४. सत्ताका लागि अब सिद्धान्तमा सम्झौता गर्दैनाैँ : गगन थापा

  • ५. भूमिहीनलाई जग्गा दिने प्रक्रिया अघि बढ्यो, सरकारले जारी गर्‍यो ३५ दिने सूचना

  • ६. जलन उपचार सेवामा सुधारको पहल, स्वास्थ्य मन्त्रालयले बनाउँदै नयाँ मापदण्ड

  • ७. सरकारविरुद्ध शैक्षिक परामर्श व्यवसायीको आन्दोलन, नियमावली खारेज गर्न माग

  • ८. सरकारविरुद्ध सडक र संसद् दुवैबाट उत्रिने ओलीको घोषणा !

  • ९. भोजाड सडक अन्धकारमा: सडकबत्ती नहुँदा नागरिक जोखिममा, सामाजिक सञ्जालमा अभियान सुरु

  • १०. कर प्रणालीमा आबद्ध नागरिकलाई लखपति बनाउँदै सरकार

हस्ताक्षर अभियान जारी,रास्वपालाई नै संकटको भारी


  •   शुक्रबार, असार २०, २०८२ मा प्रकाशित
  • काठमाडौं। रास्वपाका सभापति रवि लामिछाने विरुद्ध राज्यले राजनीतिक प्रतिसोध साध्यो भन्दै रास्वपाले हस्ताक्षर अभियान सञ्चालन गरेको छ। करिब २ महिना लामो चल्ने यो अभियानमा काठमाडौं उपत्यका लगायत देशका प्रमुख शहरहरूमा हस्ताक्षर अभियानको बुथ काउन्टर सञ्चालन गरिरहेको छ। धेरैले रास्वपाको यो कार्यप्रति प्रशंसादेखि असन्तुष्टिहरू व्यक्त गरेका छन्। कतिले त रास्वपाको स्टन्टको रूपमा व्याख्या विश्लेषण गरिरहेका छन्।

    Advertisement

    यसैबीच काठमाडौंमा सञ्चालित हस्ताक्षर अभियानमा रास्वपाका नेता, सांसदहरू प्रतिक्रिया लिने क्रममा जनताका घर–घरमा पुगिरहेका छन्। सोही क्रममा सांसद सोबिता गौतममाथि भने एक स्थानीय व्यापारीले प्रश्न गरेका छन्, जुन यतिबेला सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ। उक्त भिडियोमा सोबितालाई ती व्यक्तिले “कानुनले गरिरहेको अनुसन्धानलाई यसरी हस्ताक्षर अभियान सञ्चालन गरेर सांसदजस्तो व्यक्तिहरूले कानुन उल्लंघन गर्न मिल्छ?” भन्ने प्रश्न गरेका थिए।

    उनको प्रश्नलाई जवाफ दिँदै सोबिताले “राज्यले रविमाथि प्रतिसोध साधेकै हो” भन्ने टिप्पणी समेत गरेको सुनिन्छ। उनको जवाफलाई ती व्यक्तिले सहजै स्वीकार्न सकेनन् । “प्रतिशोध हो कि होइन, फसेको हो कि होइन, यो अदालतले निर्णय गर्ने हो, तपाईंले होइन” भन्ने जवाफ दिएको उक्त भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ। जसले गर्दा रास्वपामाथि यतिखेर टिप्पणी र टीका–टिप्पणी भइरहेको छ ।

    रास्वपाले हस्ताक्षर अभियान चलाएपछि सार्वजनिक वृत्तमा प्रश्न उठिरहेको छ। एक नम्बर प्रश्न उठाउनेमध्ये एक नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्मा एक हुन्। विश्वकर्माले फेसबुकमै स्टाटस लेखेर “अदालतमा विचाराधीन मुद्दाका विषयमा रास्वपाले हस्ताक्षर अभियान चलाएको” भन्दै घोर आपत्ति जनाएका छन्।

    उनले रास्वपालाई कानुनको ट्युसन दिन्छु भन्ने शैलीमा कानुन याद रहोस् भनेर सचेत समेत गरेका थिए। उनले, ‘अदालतमा विचाराधीन विषयमा संसदमा त प्रश्न गर्न नपाइने संवैधानिक व्यवस्था छ भने, अदालतको निर्णयविरुद्ध सडकमा गरिएको प्रदर्शन र हस्ताक्षर अभियानले कस्तो न्याय प्रणाली स्थापित गर्ला? साथै हस्ताक्षर कहाँ बुझाउने? तत्पश्चात् हस्ताक्षरका आधारमा कसले के निर्णय गर्ला?’ भनेर समेत प्रश्नको झटारो रास्वपाको थाप्लोमा बजारेका छन्। विपक्षीहरूले त रास्वपाले यो अभियानसँगै क्युआर कोड प्रचार गरेर उठाइरहेको रकममा पनि प्रश्न उठाइरहेका छन्।

    उता रास्वपा कार्यवाहक प्रवक्ता झा भने यो अभियानमा आपत्ति जनाउनुपर्ने कुनै कारण नरहेको बताउँछन्। उनी भन्छन्, ‘एउटा राजनीतिक नेतामाथि अन्याय हुँदा राष्ट्रिय–अन्तर्राष्ट्रिय स्तरमा यस्ता हस्ताक्षर अभियानहरू चलाइएका छन्। म्यानमारमा आङ साङ सु कीलाई थुनामा राख्दा पनि अन्तर्राष्ट्रिय स्तरमै हस्ताक्षर अभियान चलेको थियो,’ उनले भनेका छन्, ‘नेपालमा शेरबहादुर देउवा, गगन थापा, सिके राउतमाथि देशद्रोहको मुद्दा लाग्दा यस्ता हस्ताक्षर अभियानहरू धेरै पटक चलाइएका छन्।’ उनले आफ्ना सभापति लामिछानेको हकमा राजद्रोह र ज्यान मुद्दाजस्तो कठोर मुद्दा नलागेको बताउँदै आएका छन्। साथै, रकम उठाएको प्रसंगमा, यो अभियानका लागि आवश्यक बन्दोबस्त मिलाउनका लागि मात्रै संकलन गरिएको रास्वपाले बताउँदै आएको छ। त्यस्तै, अभियान सकिएलगत्तै कति रकम उठ्यो भन्ने कुरा सार्वजनिक हुने रास्वपाको दाबी छ।

    रास्वपाले यसरी स्पष्टिकरण दिए पनि, उता अधिवक्ता ओमप्रकाश अर्याल भने रास्वपाले गरिरहेको यो काम सामान्य मान्न नसकिने बताउँछन्। रास्वपाले अदालतलाई नै प्रभावित पार्ने गरी, न्यायपालिकाको जनविश्वासमाथि नै क्षति पुगाउने गरी भइरहेको हस्ताक्षर अभियानले रास्वपालाई नै हानि पुर्‍याउने उनको दाबी छ। अदालत र न्यायपालिकामाथि यसरी आक्रमण गर्दा न्याय समाज र न्यायपालिकाले नै ‘इगो’ लिन सक्ने स्थिति आउने उनी बताउँछन्।

    रास्वपा भने आलोचना र टिप्पणीको कुनै मतलब नगरी आफ्नो अभियानलाई चुस्त–दुरुस्त पार्नमा लागेको छ। आम जनतादेखि राजनीतिक वृत्तमा पनि रास्वपाको यो कार्यशैली र यो गतिविधिले प्रश्न उठ्ने गरेको छ। राजनीतिक र आम बजारमा समेत प्रश्न उठ्ने गरी यसरी रास्वपाले हस्ताक्षर अभियान चलाउनु के ठीक हो त? रविमाथि अन्याय र सरकारले पक्षपात नै गरे पनि यसको निर्णायक रास्वपा हो कि अदालत? के रास्वपाले साँच्चिकै आफ्नो ‘मिसन ८४’ लाई पूरा गर्न जनतालाई बेवकूफ बनाएकै हो त? कि रास्वपाका नेताहरू सँग कानुनी विषयमा कुनै ज्ञान नभएको हो? प्रश्न भने यथावत छ।

    हस्ताक्षरको नाममा सोझा जनतालाई फकाइफुलाई हस्ताक्षर गर्न लगाइएको आरोप समेत लागिरहेको छ। यतिबेला यस्तै यस्तै प्रश्नको कठघरामा रास्वपा रहेको देखिन्छ। यसलाई चुनौतीको रूपमा संयमताका साथ सामना गर्नुपर्ने विज्ञहरूको सुझाव छ।

    शुक्रबार, असार २०, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भूमिमन्त्री रावलको सक्रियता : झापामा १८ परिवारलाई जग्गाधनी प्रमाणपत्र
    बैंकिङ कसुर प्रकरणमा भट्ट र अग्रवाल उच्च अदालतमा, बयान सुरु
    अर्ग्यानिक क्षेत्रका व्यवसायीसँग आज प्रधानमन्त्रीको छलफल
    जन्तर–मन्तरमा प्रदर्शनको त्रास, दिल्लीका १६ मेट्रो स्टेशन बन्द
    दल–दल फेरेका थापा स्काउटको ऐनविपरीत प्रमुख आयुक्त नियुक्त
    गणतन्त्रका उपलब्धिमाथि योजनाबद्ध रूपमा झूटो प्रचार गरिएको प्रचण्डको आरोप

    Facebook Page

    लोकप्रिय

    • १.
      निर्दोष ठहरिएका डा. जितेन्द्र परियारलाई फेरि विवादमा तान्ने प्रयास? सिभिल अस्पतालको नियुक्ति रोक्ने प्रयास

    • २.
      चितवनमा शिक्षामन्त्री सस्मित पोखरेललाई कालोझण्डा, कर फिर्ता गर्न माग गर्दै विद्यार्थीको प्रदर्शन

    • ३.
      शैक्षिक परामर्श नियमावलीमा सरकारलाई रास्वपाकै केन्द्रीय सदस्यको सुझाव, सभापतिसँग भट्टको गम्भीर छलफल

    • ४.
      सत्ताका लागि अब सिद्धान्तमा सम्झौता गर्दैनाैँ : गगन थापा

    • ५.
      भूमिहीनलाई जग्गा दिने प्रक्रिया अघि बढ्यो, सरकारले जारी गर्‍यो ३५ दिने सूचना

    • ६.
      जलन उपचार सेवामा सुधारको पहल, स्वास्थ्य मन्त्रालयले बनाउँदै नयाँ मापदण्ड

    भर्खरै

    • १.
      भूमिमन्त्री रावलको सक्रियता : झापामा १८ परिवारलाई जग्गाधनी प्रमाणपत्र

    • २.
      दोस्रो जितको लक्ष्यसहित आज श्रीलंकासँग भिड्दै नेपाल

    • ३.
      बैंकिङ कसुर प्रकरणमा भट्ट र अग्रवाल उच्च अदालतमा, बयान सुरु

    • ४.
      अर्ग्यानिक क्षेत्रका व्यवसायीसँग आज प्रधानमन्त्रीको छलफल

    • ५.
      जन्तर–मन्तरमा प्रदर्शनको त्रास, दिल्लीका १६ मेट्रो स्टेशन बन्द

    • ६.
      दल–दल फेरेका थापा स्काउटको ऐनविपरीत प्रमुख आयुक्त नियुक्त

    • ७.
      गणतन्त्रका उपलब्धिमाथि योजनाबद्ध रूपमा झूटो प्रचार गरिएको प्रचण्डको आरोप

    • ८.
      संविधान संशोधनका लागि सुझाव संकलन गर्दै नेकपा एमाले

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.