• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
शुक्रबार, जेठ २२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

असार नजिकिएसँगै किसानलाई रोपाइँको चटारो, धान रोप्न खेत तयार पार्दै

राप्रपा छोडेकै भोलिपल्ट धवलशम्शेर र दुर्गा प्रसाईंबीच सहकार्य घाेषणा हुँदै

सुधन गुरूङमाथि उठेका प्रश्नका विषयमा समितिले बुझायो निष्कर्ष र सुझाव सहितको प्रतिवेदन

रास्वपा सरकार बनेपछि पहिलो पटक दिल्ली लागे परराष्ट्रमन्त्री खनाल

घट्यो सुन-चाँदीको भाउ, आज कतिमा हुँदैछ किनबेच?

प्रधानमन्त्रिले बोलेको कुरामा महानायक राजेश हमाल– ‘नागरिकले गर्ने अतिक्रमण र राज्यले गर्ने अतिक्रमण फरक हुन्’

भिडिओ खिच्दै एक हातले मोटरसाइकल चलाइरहेका हर्क साम्पाङ बाटोमा लडे

‘झुट बोल्ने प्रधानमन्त्री चाहिँदैन’ भन्दै माइतीघरमा विरोध प्रदर्शन

टिकटकर तुल्सा अधिकारी पुर्पक्षका लागि थुनामा

लोकप्रिय समाचार

  • १. मदिरा–सुर्ती बिक्रीमा राजस्व छल्दै रारा क्षेत्रका व्यापारी, अनुगमनपछि दर्ता गर्न निर्देशन

  • २. राजदरबार हत्याकाण्डको २५ वर्ष : इतिहासकै ‘कालो दिन’ को स्मरण तर जीवित छन् प्रश्नहरु

  • ३. कुशल भुर्तेल द्वारा टि–२० आईमा लागातार दोस्रो शतक

  • ४. प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

  • ५. आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ६. दिल्लीमा रवि लामिछानेको दौडधुप

  • ७. प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो

  • ८. आँगनकै सीमास्तम्भको फोटो शेयर गर्दै प्रधानमन्त्रीको बचाउमा उत्रिए रास्वपा सांसद

  • ९. सगरमाथा आरोही सांसद मिङमा ग्याबु शेर्पालाई सम्मान

  • १०. दिल्लीको रेस्टुरेन्टमा भीषण आगलागी, कम्तीमा २१ जनाको मृत्यु

‘रास्वपा’ले सुरु गर्यो कालो र निलो ‘क्रान्ति’ ओलीलाई कालोदेखी एलर्जी


  •   शुक्रबार, असार ०६, २०८२ मा प्रकाशित
  • काठमाडौं। सामान्यतया विरोध,असहमति, आक्रोश, निन्दा वा तीव्र असन्तुष्टि जनाउँदा कालो रङको प्रयोग गरिन्छ। कुनै नेता वा सरकारी अधिकारीको नीति वा घटनाप्रति घोर असन्तुष्टि जनाउन सांकेतिक रूपमा कालो कपडा देखाउने गरिन्छ। कहिलेकाहीँ शोक व्यक्त गर्न पनि कालो रङ प्रयोग गरिए तापनि, सार्वजनिक स्थलमा कालो झण्डा देखाउनुको मुख्य अर्थ राजनीतिक वा सामाजिक विरोध नै हो। तर अहिले नेपालको राजनीतिमा सरकारको ध्यानाकर्षण गराउन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कालो र निलो ‘क्रान्ति’ सुरु गरेको छ।

    Advertisement

    २०७७ पुस २५ गते काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा तत्कालीन नेकपाको ओलीपक्षीय राष्ट्रिय युवा संघ, नेपाल बागमती प्रदेशले मध्यावधि निर्वाचनको स्वागतमा एक कार्यक्रमको आयोजना गरेको थियो। पुस ५ गते प्रतिनिधि सभा विघटन गरेपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली निर्वाचनको तयारीमा जुट्दै आफ्ना कदमलाई正 ठहर्याउन विभिन्न सार्वजनिक कार्यक्रममा सहभागी भइरहेका थिए। ती कार्यक्रममा उनी पार्टीभित्रका इतर गुटहरू र विपक्षीहरूलाई खुलेर आलोचना गरिरहेका थिए।

    उक्त कार्यक्रममा ओली सहभागी हुने भएपछि आयोजकले कालो रङका कपडामाथि प्रतिबन्ध लगाएका थिए। कालो मास्क र गलबन्दी लगाउनेहरूलाई सुरक्षाकर्मीले गेटमै झन्डै एक घण्टा लगाएर खानतलासी गरेका थिए। त्यसको केही दिनअघि बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा पनि कालो कपडा देखाइएपछि प्रहरीले त्यहाँ कडा निगरानी गरेको थियो। त्यसयता ओली सहभागी विभिन्न कार्यक्रममा कालो झण्डा देखाउने विरोध कायम नै रहँदै आएको छ। यस्ता विरोधमा संलग्नहरूलाई प्रहरीले नियन्त्रणमा लिएर साँझ वा एक रात हिरासतमा राखेर छोड्ने गरेको पनि पाइन्छ।

    तर आज(बुधबार) प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री ओलीको विरोधमा त्यस्तै दृश्य फेरि दोहोरिएको छ।

    भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथि छानबिनको माग गर्दै दुई साताभन्दा बढी समयदेखि निरन्तर विरोध गर्दै आएको रास्वपाका सांसदहरू कालो रङको कपडा लगाएर संसद् बैठकमा उपस्थित भए। कोही सांसद कालो ब्लाउज र साडीमा थिए भने कोही कालै कोट र पाइन्टमा आएका थिए। साथै उनीहरूले घाँटीमा निलो स्कार्फ पनि झुन्ड्याएका थिए। कालो कपडासँगै उनीहरूले प्रधानमन्त्रीको प्रश्नोत्तरको क्रममा विरोध जनाउने तयारी गरेका थिए।

    निलो स्कार्फले मानव तस्करविरुद्धको अभियानलाई इङ्कित गर्छ। संसद् सचिवालयले आजको लागि प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम तय गरिसकेको थियो। कालो र निलो रङद्वारा गरिएको विरोध रास्वपाको गम्भीर असन्तुष्टि दर्शाउने माध्यम बनेको थियो। आजको कार्यसूचीअनुसार प्रधानमन्त्री केपी शर्मा ओली संसद भवनमा उपस्थित हुने पक्का थियो।

    विरोध गर्न तम्तयार रास्वपा सांसदहरूले बैठकको सुरुमै उठेर विरोध प्रदर्शन गरेपछि सभामुख देवराज घिमिरेले उनीहरूलाई बस्न आग्रह गरे। तर उनीहरू मान्ने पक्षमा थिएनन्। सभामुखले पटक–पटक आग्रह गर्दा पनि नमानेपछि प्रधानमन्त्रीसँगको समन्वयमा प्रश्नोत्तर कार्यक्रमलाई नै कार्यसूचीबाट हटाइयो। तर रास्वपा सांसदहरूले त्यसपछि पनि आफ्नो अवरोध कायमै राखे।

    प्रधानमन्त्री ओली आफनै पार्टीको कार्यक्रममा कार्यकर्ताले लगाएका कालो मास्क र गलबन्दीसमेत खानतलासी गर्न लगाउने र विगतमा कालो झण्डा देखाउनेलाई नियन्त्रणमा लिने शैलीमा चिनिएका हुन्। रास्वपाका सांसदहरूले सामूहिक रूपमा कालो पोशाकमा प्रस्तुत भएपछि ओली सदनमा ‘भागेको’ आरोपसमेत लाग्यो । केहीले त ओलीलाई कालो रङप्रति ‘राजनीतिक एलर्जी’ भएको भन्दै प्रश्नोत्तर कार्यक्रम हटाइनु त्यसैको परिणाम भएको अड्कल गरेका छन्। सभामुखले प्रश्नोत्तर कार्यक्रम हटाएको घोषणा गरेको केही बेरमै ओली बैठक कक्षबाट बाहिरिए।

    सभामुखले बाँकी कामकारबाही अघि बढाउने प्रयास गरेपछि रास्वपा सांसदहरूले वेल घेरेर अवरोध गरे। त्यही क्रममा रास्वपा संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले आफूहरू बैठक बहिष्कार गर्दै बाहिरिने घोषणा गरे।

    रास्वपाले अवरोधको नयाँ तरिका प्रयोग गर्दै संसद्मा फरक शैलीबाट दबाब सिर्जना गर्ने प्रयास गर्दै आएको छ। माओवादी केन्द्रले दुई बुँदे सम्झौताका नाममा सत्ता पक्षसँग मिलेर रास्वपालाई एक्ल्याउने रणनीति लिएको देखिन्छ। तर रास्वपाले सरकारको ध्यानाकर्षण गराउन अझै प्रभावकारी दबाब दिने रणनीति तय गरिरहेको विश्लेषकहरू बताउँछन्।

    शुक्रबार, असार ०६, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    असार नजिकिएसँगै किसानलाई रोपाइँको चटारो, धान रोप्न खेत तयार पार्दै
    राप्रपा छोडेकै भोलिपल्ट धवलशम्शेर र दुर्गा प्रसाईंबीच सहकार्य घाेषणा हुँदै
    सुधन गुरूङमाथि उठेका प्रश्नका विषयमा समितिले बुझायो निष्कर्ष र सुझाव सहितको प्रतिवेदन
    रास्वपा सरकार बनेपछि पहिलो पटक दिल्ली लागे परराष्ट्रमन्त्री खनाल
    घट्यो सुन-चाँदीको भाउ, आज कतिमा हुँदैछ किनबेच?
    प्रधानमन्त्रिले बोलेको कुरामा महानायक राजेश हमाल– ‘नागरिकले गर्ने अतिक्रमण र राज्यले गर्ने अतिक्रमण फरक हुन्’

    Facebook Page

    लोकप्रिय

    • १.
      मदिरा–सुर्ती बिक्रीमा राजस्व छल्दै रारा क्षेत्रका व्यापारी, अनुगमनपछि दर्ता गर्न निर्देशन

    • २.
      राजदरबार हत्याकाण्डको २५ वर्ष : इतिहासकै ‘कालो दिन’ को स्मरण तर जीवित छन् प्रश्नहरु

    • ३.
      कुशल भुर्तेल द्वारा टि–२० आईमा लागातार दोस्रो शतक

    • ४.
      प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

    • ५.
      आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

    • ६.
      दिल्लीमा रवि लामिछानेको दौडधुप

    भर्खरै

    • १.
      असार नजिकिएसँगै किसानलाई रोपाइँको चटारो, धान रोप्न खेत तयार पार्दै

    • २.
      राप्रपा छोडेकै भोलिपल्ट धवलशम्शेर र दुर्गा प्रसाईंबीच सहकार्य घाेषणा हुँदै

    • ३.
      सुधन गुरूङमाथि उठेका प्रश्नका विषयमा समितिले बुझायो निष्कर्ष र सुझाव सहितको प्रतिवेदन

    • ४.
      रास्वपा सरकार बनेपछि पहिलो पटक दिल्ली लागे परराष्ट्रमन्त्री खनाल

    • ५.
      घट्यो सुन-चाँदीको भाउ, आज कतिमा हुँदैछ किनबेच?

    • ६.
      प्रधानमन्त्रिले बोलेको कुरामा महानायक राजेश हमाल– ‘नागरिकले गर्ने अतिक्रमण र राज्यले गर्ने अतिक्रमण फरक हुन्’

    • ७.
      भिडिओ खिच्दै एक हातले मोटरसाइकल चलाइरहेका हर्क साम्पाङ बाटोमा लडे

    • ८.
      ‘झुट बोल्ने प्रधानमन्त्री चाहिँदैन’ भन्दै माइतीघरमा विरोध प्रदर्शन

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक
    जिवन कुमार अधिकारी

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.