प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीका अभिव्यक्ति,नीति र कार्यशैलीले पछिल्ला केही वर्षमा निरन्तर रूपमा असन्तोष र आक्रोश सृजना गर्दै आएका छन्। प्रमुख सत्ता साझेदार नेपाली कांग्रेसको संस्थापन इतर समूहदेखि माओवादी केन्द्र, विभिन्न मध्यम तथा साना दल, शिक्षक, कर्मचारी, चिकित्सक, राजसंस्था समर्थक समूहहरू हुँदै छिमेकी भारतसम्म ओलीप्रति असन्तुष्ट छन्। यी असन्तुष्टिहरूको साझा केन्द्र बनेका छन् ओली र ओलीको सत्ताकेन्द्रित र आत्मकेन्द्रित नेतृत्व शैली ।
यी सबैभन्दा खतरनाक असन्तुष्टि अब उनीकै पार्टीभित्र देखिन थालेका छन्। विगतमा आलोचना गर्नेहरूमाथि गरिएको व्यवहार, पदबाट हटाउने रणनीति र भीम रावलको पराजयले पार्टीभित्र डरको वातावरण बनाएको थियो। आज पनि ओलीको आलोचना गर्नु भनेको ‘भीम रावल बन्ने जोखिम’ मोल्नु हो भन्ने चिन्ताले धेरैलाई मौन गराईरहेको छ । तर, पछिल्ला घटनाक्रमले मौनता भङ्ग गर्न थालेका छन् ।
ओली,पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र झलनाथ खनालको पार्टीबाट निस्किएपछि निर्विकल्प एमालेको नेता बने। पार्टीको संगठन, नीति निर्माण र कार्यान्वयन सबैमा उनको नियन्त्रण रह्यो । “एमाले भनेको ओली, ओली भनेको एमाले” भन्ने धारणा संस्थागत भयो । तर,अहिले त्यहि धारणाले ओलीको नेतृत्व मा चुनौती ल्याउन थालेको छ।
२०७८ सालमा सम्पन्न दशौं राष्ट्रिय महाधिवेशनमा ओलीविरुद्ध अध्यक्ष पदका लागि उम्मेदवारी दिएर एमालेबाट निष्कासित भएका भीम रावलले आफ्नो फरक धारको शक्ति निर्माण गर्लान अनुमान लगाइएको थियो तर वैकल्पिक धारको निर्माणमा रावलले सशक्तता दिन सकेनन्। सो महाधिवेशनमा रावलले ५५५ मत मात्र प्राप्त गरे, जबकि ओलीले १,८४० मत पाएका थिए, जसले पार्टीभित्र वैकल्पिक धारको अल्पसंख्यक अवस्था स्पष्ट पार्यो।
एमालेभित्र ओलीको नेतृत्व निर्विवाद छ भन्ने हल्ला सतहमा ब्याप्त भएपनि ,पछिल्लो समयमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सक्रियता र कार्यकर्ता माझको लोकप्रियताको प्रभावले आन्तरिक रूपमा असन्तुष्टि र सम्भावित ध्रुवीकरणको संकेतको झलक देखिन थालेको छ।
२०७२ मा संविधान जारी गरेसँगै भण्डारी नेपालको पहिलो महिला राष्ट्रपतिको रूपमा निर्वाचित भइन् । दुई कार्यकालपछि २०७९ फागुनमा पदबाट अवकाश लिएपछि, अहिले उनी पुनः सक्रिय राजनीतिमा फर्कने संकेत दिन थालेकी छन्। विभिन्न सार्वजनिक कार्यक्रम, भ्रमण र वक्तव्यमार्फत उनले एमालेभित्र नेतृत्वको विषयमा पुन:र्विचार आवश्यक भएको बताउदै आएकी छन् ।
२०८१ चैतमा दिएको एक अन्तर्वार्तामा भण्डारीले ओलीको उमेर र स्वास्थ्यबारे पार्टीभित्र चिन्ता बढेको बताएकी थिइन् । एमालेको भावी नेतृत्वबारे चिन्ताले कार्यकर्ताहरू ‘संवेदनशील’ बन्दै गएको पनि उनले बताएकी थिइन्। यो टिप्पणी ओलीलाई लक्षित मात्र थिएन, सम्भवतः एमालेको नेतृत्वमा आफूलाई पनि सम्भावित विकल्पको रूपमा मा पनि छु भन्ने संकेत थियो।
पूर्वराष्ट्रपति भण्डारीको यस्तो धारणा सार्वजनिक भएसँगै ओलीले प्रत्यक्ष-अप्रत्यक्ष रूपमा कडा प्रतिक्रिया जनाउदै आएका छन् । २०८१ वैशाख ९ मा नेकपाको ७६औँ स्थापना दिवसमा बोल्दै ओलीले ‘केपी ओलीबिनाको एमाले’ को कल्पना पनि नगर्नु भनेर समेत भनिदिए । उनले भण्डारीको उमेर/स्वास्थ्य सम्बन्धी टिप्पणीको प्रतिवाद गर्दै आफू अझ २०–२५ वर्ष सक्रिय रहने बताए । ओलीले भनेका थिए:
यो अभिव्यक्ति उनको अध्यक्षत्वलाई चुनौती दिनेलाई स्पष्ट युद्द एहालान थियो।
२०८० माघदेखि नै भण्डारीले विभिन्न प्रदेशमा भ्रमण गर्दै धार्मिक तथा सामाजिक कार्यक्रममा सहभागिता जनाउँदै आएकी छन् । पोखराको ‘फेवा डाइलग’, विराटनगरमा बुद्धिजीवी भेटघाट, काठमाडौँमा महिला नेतृहरूबीच अन्तरक्रिया लगायत कार्यक्रममा उनले “राजनीतिमा अझै सक्रिय छु” भन्ने सन्देश दिदै आएकी छिन ।
२०८१ चैतमा उनले पत्रकारहरूसङ्ग भनेकी थिइन्:
यसले ओली नेतृत्वप्रति असन्तुष्ट कार्यकर्तालाई एक किसिमको प्रेरणा दिएको अनुमान लगाउन सकिन्छ ।
स्थायी कमिटी सदस्य कर्ण थापालाई संघीय मामिला तथा सामान्य प्रशासन प्रमुखको जिम्मेवारी दिइयो। जबकि, थापा भूगोलमा काम गर्न चाहन्थे । तर,उनलाई भूगोलबाट कटाएर विभागमा ल्याएर थन्क्याइयो । थापा पछिल्लो समयमा ‘भण्डारी एमालेको राजनीतिमा आउनुपर्ने भनिरहेका छन् । थापा विभाजित कम्युनिस्टहरूबीच एकता गरेर सो एकताको नेतृत्व भण्डारीले गर्नुपर्ने बताउँछन् । त्यस्तै,भण्डारीनिकट मानिएकी शिक्षामन्त्री विद्या भट्टराईले प्रधानमन्त्री ओलीको असहयोग र दवाबका कारण राजीनामा दिएको भन्दै एमाले भित्रै ओलीको कट्टर आलाेचना पनि भईरहेको छ।
भण्डारीको सम्भावित पुनरागमनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एसका अध्यक्ष माधव नेपालको अभिव्यक्ति पनि भण्डारी सान्तवनायुक्त छ । यस्ता संकेतहरूले एमालेभित्रै मात्र नभई वाम एकता र नेतृत्व प्रतिस्पर्धामा नयाँ समीकरण बन्ने होकी भन्ने सम्भावना देखिन्छ ।
त्यस्तै, ओलीले एक कार्यक्रममा भनेका थिए:
भन्ने अभिव्यक्ति दिएका थिए।
यसले ओलीको बाह्य हस्तक्षेप र आन्तरिक असन्तुष्टिलाई एकसाथ देखाइरहेको संकेत गर्छ।
भण्डारीले हाल जुन खालको भेटघाट, संवाद र अभिव्यक्तिहरू सार्वजनिक गरिरहेकी छन्, त्यसले एमालेभित्र असन्तुष्ट कार्यकर्तालाई प्रेरणा स्वरुप दिएको देखिन्छ । पार्टीभित्र नेतृत्व परिवर्तनबारे औपचारिक छलफल नभए पनि नेतृत्वप्रति असन्तुष्टहरू भण्डारीको वरिपरि गोलबद्ध हुँदै गएको देखिन्छ ।
नेपालको कम्युनिस्ट आन्दोलनमा ऐतिहासिक रूपमा दुई लाइन संघर्षको अभ्यास राम्रैसँग देखिएको छ। तर, हाल एमालेमा वैचारिक वा सांगठनिक संघर्ष सतहमा देखिँदैन । सबै कुरा नेतृत्व केन्द्रित छ। ओलीविरुद्ध वैचारिक चुनौती दिन सक्ने नेतृत्वको अभावले पार्टी नेतृत्व निर्विकल्प देखिन्छ । तर, भण्डारीको प्रत्यागमनले भने अवस्था परिवर्तन हुनसक्ने संकेत पनि दिएको छ।
भने,पार्टीभित्र असन्तुष्ट नेताहरूले अब विकल्प निर्माणको सोच बनाउन थालेका छन्। ओली नेतृत्वप्रति आन्तरिक आक्रोश बढ्दो छ। यद्यपि भण्डारी सक्रिय भएर औपचारिक रूपमा पार्टी राजनीतिमा फर्किएकी छैनन्, तर उनका गतिविधिहरूले राजनीतिक पुनरागमन हुने होको भन्ने संकेत दिदै आएका छन्।