• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
बिहिबार, फागुन १४, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

पैसा दिन्छन् भने लिँदा हुन्छ, गलत मान्छेलाई भोट नदिनु होला !

कांग्रेसले राष्ट्रिय टिमकी कप्तान साम्बाको उपचारमा पाँच लाख सहयोग गर्ने

अपराध नियन्त्रण र राजस्व संकलनमा रौतहट प्रहरीको सफलताः एक महिनामा ७७ मुद्दा दर्ता, ४१ फरार पक्राउ

जेनजी आन्दोलनमा लुटिएको पेस्तोल कुखुराको खोरबाट बरामद

रास्वपाको एकलौटी सरकार बन्छ, १५१ सिट जित्छौं : जगदीश खरेल

निष्पक्ष भएर निर्वाचनमा सहभागी हुन सरोकारवालाहरुलाई निर्वाचन आयुक्त जवराको आग्रह

नेपाल राष्ट्र बैंकले ९ अर्ब ३५ करोड मुद्दति निक्षेपमा लगानी गर्ने

काठमाडौं महानगरमा अन्तर्राष्ट्रिय चलखेल हुने गरेको बालेनको दाबी

कालीगण्डकीका पुलहरूको निर्माण वर्षौंसम्म अधुरै

लोकप्रिय समाचार

  • १. कांग्रेसले राष्ट्रिय टिमकी कप्तान साम्बाको उपचारमा पाँच लाख सहयोग गर्ने

  • २. पैसा दिन्छन् भने लिँदा हुन्छ, गलत मान्छेलाई भोट नदिनु होला !

सुडान गृहयुद्धको चपेटामा अनाथालय

  •   मङ्गलबार, जेठ १६, २०८० मा प्रकाशित
  • काठमाडौँ । सुडानको सरकारी सेना र अर्ध सैन्यबल र्‍यापिड सपोर्ट फोर्सबीच डेढ महिनायता शक्ति संघर्ष जारी छ । सुडानको यस गृहयुद्धमा हालसम्म १८ सयले ज्यान गुमाएका छन् भने ५ हजारभन्दा बढी घाइते भएका छन् । गत अप्रिल १५ का दिनबाट सुरु भएको गृहयुद्ध हालसम्म जारी रहँदा १० लाख मानिस विस्थापित भइसकेको अवस्था छ । त्यहाँका लाखौँ जनता देश छाडेर छिमेकी राष्ट्रमा शरणार्थीका रूपमा जीवन बिताइरहेको संयुक्त राष्ट्रसंघीय मानवीय मामिला समन्वय कार्यालय ओसीएचएले उल्लेख गरेको छ ।

    Advertisement

    युद्ध जारी रहँदा राजधानी खार्तुमको अनाथालयलाई पनि ठूलो धक्का लागेको देखिएको छ । युद्धका कारण अनाथालयका कामदारहरू देश छाडेर भागेको अवस्था छ, जसकारण त्यहाँ कामदारको अभाव भएको छ । सुडानको सबैभन्दा ठूलो माइगोमा अनाथालयमा युद्ध जारी भएयता ५० शिशु र बालबालिकाको मृत्यु भइसकेको रोयटर्सले जनाएको छ । त्यहाँका डाक्टर अबिर अब्दुल्लाहका अनुसार हाल केही कामदारको भरमा त्यहाँ सयौँ शिशु र बालबालिकाको हेरचाह गर्नुपर्ने अवस्था छ ।

    बालबालिका र शिशुहरू हेरचाह हुन नपाएका कारण कुपोषण र पानीको अभावले ज्यान गुमाइरहेका छन् । युद्ध सुरु भएको ६ हप्ताको अवधिमा सो अनाथालयमा २४ शिशुसहित ५० बालबालिकाको मृत्यु भएको डाक्टर अब्दुल्लाहको भनाइ छ । आफूहरूले बच्चालाई जोगाउन मेहनत गर्दागर्दै पनि हेरचाह गर्ने मानिसको अभावमा बालबालिकाले अकालमै ज्यान गुमाइरहेको उनी दुःखी हुँदै सुनाउँछन् । युद्ध सुरु भएयता आठ जना मानिस मात्र सो अनाथालय भ्रमणका लागि गएका छन् । बरु उल्टै सो अनाथालयमा कामदारहरू त्यहाँबाट भाग्न बाध्य छन् ।

    अनाथालय बाहिर पनि युद्ध चल्ने गरेको छ । जसकारण गोलीको आवाज सुन्दा बच्चाहरू रुने गरेका छन् । सुडानी युद्धरत पक्ष अर्थात् सरकारी सेना र आरएसएफले मे ११ मा एक सम्झौता गरेका थिए । त्यो सम्झौतामा युद्धविराम गर्ने विषय भने उल्लेख थिएन । अर्थात् उनीहरू अझै लडाइँ जारी राख्न चाहन्छन् । सुडानका नागरिकलाई आपत्‌कालीन मानवीय सहायता पुर्‍याउन र सुरक्षित स्थानान्तरणको व्यवस्था गर्न दुवै सैन्य गुट सहमत भएता पनि उनीहरूले युद्धविराम नगर्ने अडान लिइरहेका छन् । जसकारण त्यहाँ युद्ध रोकिने कुनै संकेत देखिएको छैन ।

    हाल सुडान रणभूमिमा परिणत हुनुमा त्यहाँकै दुई सैन्य जनरल दोषी छन् । सरकारी सेना सुडानी आर्म्ड फोर्सका प्रमुख अब्देल फतेह अल बुरहान र अर्धसैनिक बल र्‍यापिड सपोर्ट फोर्स आरएसफका प्रमुख मोहम्मद हमदान दगालोबीचको शक्ति संघर्षका कारण यो अवस्था सिर्जना भएको हो ।

    मङ्गलबार, जेठ १६, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पैसा दिन्छन् भने लिँदा हुन्छ, गलत मान्छेलाई भोट नदिनु होला !
    अपराध नियन्त्रण र राजस्व संकलनमा रौतहट प्रहरीको सफलताः एक महिनामा ७७ मुद्दा दर्ता, ४१ फरार पक्राउ
    जेनजी आन्दोलनमा लुटिएको पेस्तोल कुखुराको खोरबाट बरामद
    ड्रोनमार्फत पत्ता लाग्यो दुर्घट्नाग्रस्त गाडी, सम्पर्कविहीन रहेका काफ्ले मृत फेला
    सुनको मूल्य घट्यो,कारोबार कतिमा?
    दलहरूलाई निर्वाचन आयोगको ६४ बुँदे निर्देशन

    Facebook Page

    लोकप्रिय

    • १.
      कांग्रेसले राष्ट्रिय टिमकी कप्तान साम्बाको उपचारमा पाँच लाख सहयोग गर्ने

    • २.
      पैसा दिन्छन् भने लिँदा हुन्छ, गलत मान्छेलाई भोट नदिनु होला !

    भर्खरै

    • १.
      पैसा दिन्छन् भने लिँदा हुन्छ, गलत मान्छेलाई भोट नदिनु होला !

    • २.
      कांग्रेसले राष्ट्रिय टिमकी कप्तान साम्बाको उपचारमा पाँच लाख सहयोग गर्ने

    • ३.
      अपराध नियन्त्रण र राजस्व संकलनमा रौतहट प्रहरीको सफलताः एक महिनामा ७७ मुद्दा दर्ता, ४१ फरार पक्राउ

    • ४.
      जेनजी आन्दोलनमा लुटिएको पेस्तोल कुखुराको खोरबाट बरामद

    • ५.
      रास्वपाको एकलौटी सरकार बन्छ, १५१ सिट जित्छौं : जगदीश खरेल

    • ६.
      निष्पक्ष भएर निर्वाचनमा सहभागी हुन सरोकारवालाहरुलाई निर्वाचन आयुक्त जवराको आग्रह

    • ७.
      नेपाल राष्ट्र बैंकले ९ अर्ब ३५ करोड मुद्दति निक्षेपमा लगानी गर्ने

    • ८.
      काठमाडौं महानगरमा अन्तर्राष्ट्रिय चलखेल हुने गरेको बालेनको दाबी

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक
    जिवन कुमार अधिकारी

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.