• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
शनिबार, पुष ०५, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

एमालेको पहिलो बैठक–अध्यक्षपछिका पदाधिकारीहरुको वरीयताक्रम अनुसार ‘सीट प्लान’ !

अमेरिकाबाट ७५ नेपाली डिपोर्ट, ३० वर्षदेखि बस्दै आएका पुरूष पनि फिर्ता

केन्द्रीय कमिटीबाट बिदा भएकालाई समेटेर एमालेले सल्लाहकार परिषद् गठन गर्ने

चाबहिलबाट फरार कैदीबन्दी पक्राउ

प्रतिकूल मौसमको मार: आधा दर्जन विमानस्थल बन्द

एमालेको ११ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै

भैरहवाको मौसम खराबीले रवि लामिछाने अहिलेसम्म काठमाडौँमै रोकिए

कांग्रेस निर्वाचनमा जान आतुर छ-शेखर कोइरालाले

उच्च अदालत पाटन परिसरमा आत्महत्या प्रयास गरेकी महिलाको आईसीयूमा उपचार जारी

लोकप्रिय समाचार

  • १. एमाले ११औँ महाधिवेशन: अनेरास्ववियु बागमतीका निवर्तमान अध्यक्ष एल.बी. बुढाथोकी केन्द्रीय सदस्यमा उम्मेदवार

  • २. राजेन्द्र गौतमले उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिने

  • ३. पासाङ शेर्पाको उम्मेदवारी खारेज

  • ४. कर्णालीमा कांग्रेस उम्मेदवार सिफारिसमै गुटबन्दीको चर्को विवाद, फेरि पुरानै अनुहारको दबदबा

  • ५. देशमा सबथोक छ तर राज्य छ कि छैन भन्ने अवस्था छ : विप्लव

  • ६. एमालेको मतदानमा ढिलाइ, राति ८ बज्न सक्ने सम्भावना

  • ७. “एक्लिए रुकुममा जनार्दन, साथी नै बने प्रतिद्वन्द्वी”

  • ८. ‘सुशासनका लागि कानुनी शासन चाहिन्छ, त्यसका लागि नागरिकको सहयोग चाहिन्छ’-प्रहरी महानिरीक्षक दानबहादुर कार्की

  • ९. निर्वाचनमा विदेशी सहयोगलाई लिएर गृह–अर्थमन्त्रालयबीच मतभेद चर्कियो

  • १०. ओली र पोखरेललाई मतदान गर्न ५५ मिनेट लाग्यो

चन्द्र शमशेरको पालामा निर्माण गरिएको चुरियामाई सुरुङ मार्गबाट वारपार गर्न सकिने


  •   बुधबार, जेठ २४, २०८० मा प्रकाशित
  • काठमाडौं । राजधानी काठमाडौंलाई मकवानपुरको हेटौंडा हुँदै तराई मार्गसम्म जोड्न चन्द्र शमशेरको पालामा निर्माण गरिएको चुरियामाई सुरुङ मार्गबाट वारपार गर्न सकिने भएको छ । दक्षिण एसियाकै पहिलो मानिने यो ऐतिहासिक सुरुङ मार्गको एउटा खण्ड करिब ४० मिटर भत्किएको थियो ।

    Advertisement

    त्यसलाई मर्मत गरेर वारपार गर्न सक्ने बनाइएको बागमती प्रदेशको भौतिक पूर्वाधार निर्देशनालयका निर्देशक लोकनाथ रेग्मीले जानकारी दिए । ‘सुरुङ मार्ग खुलाएर वारपार गर्न सक्ने बनाइएको चार दिन जति भयो,’ निर्देशक रेग्मीले भने, ‘अब फिनिसिङको काम बाँकी छ ।’ सुरुङ मार्गमा काम जारी रहेकाले सबैलाई प्रवेश अनुमति नदिइएको उनले बताए ।

    यो सुरुङ मार्ग ऐतिहासिक भएकाले सवारी साधन सन्चालन भन्दा पनि पर्यटकले अवलोकन र पर्यटकीय केन्द्रको रुपमा विकास गर्ने योजना प्रदेश सरकारको रहेको निर्देशनालयका प्रवक्ता हरिप्रसाद ओझा बताउँछन् । चुरियामाई सुरुङ विक्रम संवत् १९७४ मै बनेको थियो । नेपालका प्रथम स्नातक इन्जिनियर भनिने बि्रगेडियर जनरल डिल्लीजंग थापाले ५ सय मिटर लम्बाइको यो सुरुङ मार्ग डिजाइन गरेका थिए । चुरे पर्वतमा बनेको यो सुरुङ मार्ग साढे २ मिटर चौडाइ, ३ मिटर उचाइ र ५०० मिटर लम्बाइको छ ।

    माटो, इँटा, चुना र सुर्की प्रयोग गरी निर्माण गरिएको यो सुरुङ मार्गबारे स्वीस भूगर्भविद टोनी हेगनले आफ्नो पुस्तक ‘दी हिमालयन किङ्गडम अफ नेपाल’मा पनि चर्चा गरेका छन् । उनले यसलाई ‘एसियाकै पहिलो मानवनिर्मित सुरुङ हुन सक्ने’ उल्लेख गरेका छन् । भारतमा पनि नबनेको यस्तो सुरुङ मार्ग नेपालमा देख्दा आफू अचम्मित र खुसी भएको टोनी हेगनले उल्लेख गरेका छन् ।

    राणाकालमा रक्सौलबाट बाराको अमलेखगञ्जसम्म रेल चल्थ्यो, त्यहाँबाट मकवानपुरको भीमफेदीसम्म बनाइएको सडकमार्गमा चुरे पहाड छिचोल्दै हेटौंडा छिर्न सजिलो थिएन । त्यसैले पहाडमा घुमाउरो बाटो बनाउनुको साटो सीधा सुरुङ मार्ग खनेर गाडी चलाइएको थियो । यही सुरुङ मार्ग हुँदै चल्ने गाडीहरुले मकवानपुरको भीमफेदीसम्म समान ल्याउँथे । काठमाडौंसम्म जोडिने सडक नभएकाले भीमफेँदीबाट भरिया लगाएर काठमाडौंसम्म सामान भित्राइन्थ्यो ।

    प्रजातन्त्र पुनर्स्थापनापछि त्रिभुवन राजपथ बन्यो । त्यसैक्रममा यो सुरुङ मार्गको बीच खण्डमा विष्फोट गराएर भत्काएर त्यसैमाथि सडक बनाइएको थियो । त्रिभुवन राजपथको बक्स कटिङ रोडदेखि दक्षिणतिरको भागमा धसिएको स्थान मर्मत गरेर सुरुङ मार्ग खुलाइएको भौतिक पूर्वाधार निर्देशनालयका प्रवक्ता हरिप्रसाद ओझाले जानकारी दिए ।

    ओझाका अनुसार सुरुङ मार्गको २० मिटर जति भाग धसिएको अनुमान गरी मर्मतका लागि डीपीआर निर्माण गरिएको थियो । तर मर्मत सुरु गरेपछि ४० मिटर भाग धसिएको पाइएको थियो । यसैगरी सुरुमा १९८ मिटर लम्बाइमा पुननिर्माण गर्नुपर्ने पूर्वानुमान भए पनि मर्मत गर्दै जाँदा २२२ मिटर लम्बाइमा निर्माण गर्नुपरेको उनले बताए । ‘सुरुङ साँघुरो भएकाले र मेसिन पनि लैजान नमिल्ने भएकाले त्यहाँको काम गर्न हामीलाई ५ महिना लाग्यो,’ ओझाले भने ।

    ३ करोड ३६ लाख रुपैयाँको लागतमा माउन्टेन इन्फ्रा कन्स्ट्रक्सनले २०७७ साल वैशाखमा सुरुङ मार्ग पुनर्निर्माणको ठेक्का पाएको थियो । सुरुमा एक वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी सम्झौता भए पनि कोरोना महामारी, प्राविधिक कठिनाइ लगायतका कारण दुई पटक म्याद थपिएको थियो । पछिल्लो पटक थपिएको म्याद अनुसार आगामी असार मसान्तभित्र काम सम्पन्न गर्ने लक्ष्य रहेको प्रवक्ता ओझाले जानकारी दिए । सबै काम सम्पन्न गरेपछि हेटौंडा उपमहानगरपालिकालाई जिम्मा लगाउने निर्देशनालयले जनाएको छ ।

    बुधबार, जेठ २४, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एमालेको पहिलो बैठक–अध्यक्षपछिका पदाधिकारीहरुको वरीयताक्रम अनुसार ‘सीट प्लान’ !
    अमेरिकाबाट ७५ नेपाली डिपोर्ट, ३० वर्षदेखि बस्दै आएका पुरूष पनि फिर्ता
    केन्द्रीय कमिटीबाट बिदा भएकालाई समेटेर एमालेले सल्लाहकार परिषद् गठन गर्ने
    चाबहिलबाट फरार कैदीबन्दी पक्राउ
    प्रतिकूल मौसमको मार: आधा दर्जन विमानस्थल बन्द
    एमालेको ११ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै

    Facebook Page

    लोकप्रिय

    • १.
      एमाले ११औँ महाधिवेशन: अनेरास्ववियु बागमतीका निवर्तमान अध्यक्ष एल.बी. बुढाथोकी केन्द्रीय सदस्यमा उम्मेदवार

    • २.
      राजेन्द्र गौतमले उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिने

    • ३.
      पासाङ शेर्पाको उम्मेदवारी खारेज

    • ४.
      कर्णालीमा कांग्रेस उम्मेदवार सिफारिसमै गुटबन्दीको चर्को विवाद, फेरि पुरानै अनुहारको दबदबा

    • ५.
      देशमा सबथोक छ तर राज्य छ कि छैन भन्ने अवस्था छ : विप्लव

    • ६.
      एमालेको मतदानमा ढिलाइ, राति ८ बज्न सक्ने सम्भावना

    भर्खरै

    • १.
      एमालेको पहिलो बैठक–अध्यक्षपछिका पदाधिकारीहरुको वरीयताक्रम अनुसार ‘सीट प्लान’ !

    • २.
      अमेरिकाबाट ७५ नेपाली डिपोर्ट, ३० वर्षदेखि बस्दै आएका पुरूष पनि फिर्ता

    • ३.
      केन्द्रीय कमिटीबाट बिदा भएकालाई समेटेर एमालेले सल्लाहकार परिषद् गठन गर्ने

    • ४.
      चाबहिलबाट फरार कैदीबन्दी पक्राउ

    • ५.
      प्रतिकूल मौसमको मार: आधा दर्जन विमानस्थल बन्द

    • ६.
      एमालेको ११ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै

    • ७.
      भैरहवाको मौसम खराबीले रवि लामिछाने अहिलेसम्म काठमाडौँमै रोकिए

    • ८.
      कांग्रेस निर्वाचनमा जान आतुर छ-शेखर कोइरालाले

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक
    जिवन कुमार अधिकारी

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2025 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.