काठमाडौं । आफ्नो पार्टीका संरक्षक रेशम चौधरीलाई सर्वोच्च अदालतले जन्म कैदको फैसला सदर गरेपछि आक्रोशित बनेको नागरिक उन्मुक्ति पार्टीले त्यसको विरोधमा नेपाल बन्द घोषणा गरेको छ ।
टीकापुरको घटना राजनीतिक भएको बताउँदै आएको पार्टीले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न पनि मागग गरेको छ । आज बुधबार पत्रकार सम्मेलन गर्दै पार्टीका वरिष्ठ उपाध्यक्ष दामोदर पण्डितले टीकापुर घटना राजनीतिक भएकाले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न र रेशम चौधरीलगायतलाई रिहा गर्न माग गर्नुभयो ।
यही माग राखेर पार्टीले यही जेठ ६ देखि १० गतेसम्म नेपाल बन्द गर्ने निर्णय गरेको पनि उहाँले सुनाउनु भयो । त्यसअघि जेठ ३, ४, ५ गते कोणसभा र विरोध प्रदर्शन गरिने उहाँले बताउनु भयो ।