काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले देशको परिस्थिति धराशयी बन्दा पनि कांग्रेस मुकदर्शक बनेको आरोप लगाउनु भएको छ । काठमाडौंमा जननेता मदन भण्डारीको ३० औं स्मृति दिवसलाई सम्बोधन गर्दै ओलीले कांग्रेसलाई हावा न चाबाको पार्टी भएको बताउनु भएको हो ।
उहाँले भन्नुभयो, ‘त्यो पार्टीलाई कुनै राजनीतिक पार्टीको संज्ञा दिन पनि मन लाग्न छाडिसक्यो । देश यस्तो गम्भीर परिस्थितिमा छ । लामो इतिहास बोकेको कांग्रेस ‘भोलि उठी कहाँ जाने केही थाहा छैन’ भनेजस्तै छ ।’
अध्यक्ष ओलीले सत्ताका लागि देशलाई आघात हुने कुनै पनि काम एमालेबाट नहुने दाबी समेत गर्नु भएको छ ।