• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
सोमबार, बैशाख ०७, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

एक वर्षभित्र पुशपति क्षेत्र विकास कोषलाई आइटी वेस संस्था बनाउँछौं : कोषाध्यक्ष सापकोटा

ज्याकाराण्डाले निलाम्य कमलपोखरी

आईसीटी फाउन्डेसनद्वारा ५० भन्दा बढी स्टार्टअपलाई इन्क्युबेसन, मेन्टरशिपदेखि लगानीसम्म सहयोग

शेयर विवादबारे गृहमन्त्री सुधन गुरुङको स्पष्टीकरणः ‘हल्ला होइन, प्रमाणका आधारमा निर्णय हुनुपर्छ’

पार्टीभित्रको फरक विचारलाई सम्मान गर्न नसके तानाशाही प्रवृत्ति बढ्छ :सांसद शाही

गृहमन्त्री गुरुङलाई कारबाही गर्ने सम्बन्धमा रास्वपाभित्र छलफल

हावाहुरीले आँपको चिचिला झारेपछि किसानमा चिन्ता

मौसम पूर्वानुमान : हिमाली तथा पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

अब सरकारी कर्मचारीले १५ दिनमै तलब पाउने

लोकप्रिय समाचार

  • १. ज्यान मार्ने उद्योग सम्बन्धी मुद्दाका फरार प्रतिवादी पक्राउ

  • २. नयाँवर्षको पूर्वसन्ध्यामा ज्ञानेन्द्र शाहको अपिल- सबैको माग समेटेर संवैधानिक समाधान खोजौं।

  • ३. बाग्मतीका सांसदहरुसँग प्रधानमन्त्री बालेन्द्र शाह

  • ४. कांग्रेस नेता खड्कालाई थुनामै राख्न सर्वोच्चको आदेश

  • ५. संविधान कार्यान्वयनप्रति सरकार पूर्ण प्रतिबद्ध छ : मन्त्री डा.वाग्ले

  • ६. शिक्षामन्त्री पोखरेल र बेलायती राजदूत फेनबीच भेटवार्ता

  • ७. आशिका तामाङको आपत्ति : नागरिकता नियमावलीले प्रवासी नेपालीमाथि विभेद

  • ८. अब सरकारी कर्मचारीले १५ दिनमै तलब पाउने

  • ९. सामाजिक न्यायका लागि संघर्ष गरेका महिलाहरूको योगदान प्रेरणादायी : भण्डारी

  • १०. सभापतिको निर्णय अटेर गर्दै पूर्णबहादुर खड्काले डाके बैठक

कामीरिताले बनाए विश्व कीर्तिमान


  •   बुधबार, जेठ ०३, २०८० मा प्रकाशित
  • काठमाडौं । कीर्तिमानी आरोही कामीरिता शेर्पाले २७औं पटक सर्वोच्च शिखर सगरमाथाको आरोहण गरेर विश्व कीर्तिमान तोड्नु भएको छ । वसन्त ऋतुको जारी आरोहणमा बुधबार बिहान ८ः३० मा सगरमाथाको चुचुरोमा पुगेर शेर्पाले यसअघि कायम गरेको २६औं पटकको रेकर्ड तोड्नु भएको हो ।सेभेन समिट ट्रेक्स प्रालिबाट आरोहणमा जानु भएका कामीरिताले आफ्नै विश्वकीर्तिमान तोडेर विश्वलाई सुरक्षित आरोहणको सन्देश दिनु भएको छ । सगरमाथाको आधार शिविरमा रहेका इमाजिन नेपाल ट्रेक्स एन्ड एक्सिपिडिसन कम्पनीका प्रबन्ध निर्देशक मिङ्मा ग्याल्जेन शेर्पाका अनुसार कामीरिताको विश्व कीर्तिमान कायमसँगै यो याममा हालसम्म १०० बढी आरोहीले सगरमाथा आरोहण गरिसकेका छन् ।

    Advertisement

    झन्डै १०० आरोही यतिखेर सगरमाथाको हिलारी स्टेपभन्दा माथितिर लामबद्ध छन् । उनीहरु आज साँझसम्म चुचुरोमा पुग्ने जनाइएको छ । पर्यटन विभागका निर्देशक युवराज खतिवडाले कामीरिताले सगरमाथा आरोहणमा विश्व कीर्तिमान बनाएको बताउनु भयो । उहाँका अनुसार करिब १०० आरोही सगरमाथाको चुचुरोमा पुगिसकेका छन् भने आज थप १०० आरोही चुचुरोमा पुग्ने अनुमान छ ।

    ‘कामीरिताले विश्व कीर्तिमान बनाउनुभएको छ । आरोहण धमाधम भइरहेको छ । सञ्चार सम्पर्क राम्ररी नभएका कारणले सबै आरोही समूहको यकिन जानकारी आइसकेको छैन । आज बेलुकासम्म धेरै आरोही सगरमाथाको चुचुरोमा पुग्छन् भन्ने छ । साँझसम्म ‘गुड न्यूज’ आउला’, निर्देशक खतिवडाले भन्नु भयो । कामीरिताले सन् २०२२ को वसन्त आरोहणमा रोप फिक्सिङका क्रममा २६औं पटक सगरमाथाको आरोहण गरी यसअघिको आफ्नै कीर्तिमान तोड्नु भएको छ ।

    खुम्बु पासाङ्ल्हामु गाउँपालिकाको थामेका ५३ वर्षीय कामिरिताले सबैभन्दा धेरै पटक सगरमाथा आरोहणसँगै ८ पटक चोयु, ३ पटक मनास्लु, एक पटक ल्होत्से, केटु आरोहण एक गरी ३९ पटक विश्वका अग्ला हिमाल आरोहण गरिसक्नु भएको छ । सन् १९९४ मे १३ मा पहिलो पटक सगरमाथाको चुचुरोमा पुग्नु भएका कामीरिताको नाममा ८ हजार मिटर अग्ला शिखरमा सबैभन्दा बढी आरोहण गरेको कीर्तिमान छ । यही याममा पासाङ दाबा शेर्पाले २६ पटक सगरमाथा आरोहण गरेर कीर्तिमान बनाउनु भएको छ ।

    यस वर्षको वसन्त ऋतुको आरोहण गत ३० वैशाखबाट सुरु भएको थियो । सगरमाथा आरोहणका लागि दक्ष कामदार (आइसफल डाक्टर)ले सगरमाथाको चुचुरोसम्म रोप फिक्सिङ (डोरी टाँग्ने) गरेपछि आरोहणको ढोका खुलेको हो । सगरमाथाको दोस्रो शिविरमाथिको बाटो बनाउने जिम्मा इमाजिन नेपाल ट्रेक एन्ड एक्सपिडिसन कम्पनीले पाएको थियो । वसन्त ऋतुमा सगरमाथा आरोहण गर्न इतिहासकै सर्वाधिक बढी आरोहीले अनुमति लिएका छन् ।

    पर्यटन विभागका अनुसार ४४ आरोही समूहका ४७८ आरोहीले आरोहण अनुमति लिएका हुन् । सगरमाथा आरोहणको ७० वर्षे लामो इतिहासमा यो यामको आरोहणमा सबैभन्दा बढी आरोहीको संख्या हो ।

    बुधबार, जेठ ०३, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ज्याकाराण्डाले निलाम्य कमलपोखरी
    शेयर विवादबारे गृहमन्त्री सुधन गुरुङको स्पष्टीकरणः ‘हल्ला होइन, प्रमाणका आधारमा निर्णय हुनुपर्छ’
    पार्टीभित्रको फरक विचारलाई सम्मान गर्न नसके तानाशाही प्रवृत्ति बढ्छ :सांसद शाही
    गृहमन्त्री गुरुङलाई कारबाही गर्ने सम्बन्धमा रास्वपाभित्र छलफल
    हावाहुरीले आँपको चिचिला झारेपछि किसानमा चिन्ता
    मौसम पूर्वानुमान : हिमाली तथा पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

    Facebook Page

    लोकप्रिय

    • १.
      ज्यान मार्ने उद्योग सम्बन्धी मुद्दाका फरार प्रतिवादी पक्राउ

    • २.
      नयाँवर्षको पूर्वसन्ध्यामा ज्ञानेन्द्र शाहको अपिल- सबैको माग समेटेर संवैधानिक समाधान खोजौं।

    • ३.
      बाग्मतीका सांसदहरुसँग प्रधानमन्त्री बालेन्द्र शाह

    • ४.
      कांग्रेस नेता खड्कालाई थुनामै राख्न सर्वोच्चको आदेश

    • ५.
      संविधान कार्यान्वयनप्रति सरकार पूर्ण प्रतिबद्ध छ : मन्त्री डा.वाग्ले

    • ६.
      शिक्षामन्त्री पोखरेल र बेलायती राजदूत फेनबीच भेटवार्ता

    भर्खरै

    • १.
      एक वर्षभित्र पुशपति क्षेत्र विकास कोषलाई आइटी वेस संस्था बनाउँछौं : कोषाध्यक्ष सापकोटा

    • २.
      ज्याकाराण्डाले निलाम्य कमलपोखरी

    • ३.
      आईसीटी फाउन्डेसनद्वारा ५० भन्दा बढी स्टार्टअपलाई इन्क्युबेसन, मेन्टरशिपदेखि लगानीसम्म सहयोग

    • ४.
      शेयर विवादबारे गृहमन्त्री सुधन गुरुङको स्पष्टीकरणः ‘हल्ला होइन, प्रमाणका आधारमा निर्णय हुनुपर्छ’

    • ५.
      पार्टीभित्रको फरक विचारलाई सम्मान गर्न नसके तानाशाही प्रवृत्ति बढ्छ :सांसद शाही

    • ६.
      गृहमन्त्री गुरुङलाई कारबाही गर्ने सम्बन्धमा रास्वपाभित्र छलफल

    • ७.
      हावाहुरीले आँपको चिचिला झारेपछि किसानमा चिन्ता

    • ८.
      मौसम पूर्वानुमान : हिमाली तथा पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक
    जिवन कुमार अधिकारी

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.